शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • चुनाव भनेको केहो?

चुनाव भनेको केहो?

  • मङ्लबार, बैशाख २७, २०७९
चुनाव भनेको केहो?

सुरेशकुमार पान्डे — अहिलेका यि नेताहरूले बुझ्नै पर्ने बिषय यहिहो चुनाव भनेको केहो र यसमा भयको आचार सहिंता के के हुन?पुंजिवादी निर्वाचनमा पनि सामन्यातः आचार सहिंता त हुनुपर्नेहो तर अहिलेका यि नेताहरूलाई जित्नका लागि यिनिहरू आफैले बनाएका आचारसहिंताको उलंघन गरेएका थुप्रै उधारणहरू भेटिन्छन।चुनावलाई राजनीतिक रूपले हेर्नुपर्नेमा कयौं मित्रहरूले यसलाई सत्ता कब्जाको रूपमा बुझेकाछन।
जनतामा आफ्नो राजनीतिक लाईनलाई लिएर प्रचार गर्ने जनतालाई सचेत र संगठित गर्ने भन्दापनि पानी धमुलेर माछा मार्नेहरूको कमिछैन।यसमा नेपाली कांग्रेसका प्रमुखछन खास गरेर शेरबहादुर देउपा प्रधान मन्त्री तथा कांग्रेका अधक्ष कि पत्नि आरजुले बिभिन्न युवाहरूलाई जितेपछि फ्रि बिजा बिदेश मलेसिया पठाउँने भनेको बिभिन्न मिडियाहरूमा आएकोछ।भने आफुले नजितेको ठाउंमा आर्थिक कोटा समेत नपठाउँने भन्दै बोलेको पनि सुनिन्छ।एउटा देशको प्रधान मन्त्री समेत रहेका असामन्य ब्याक्तित्व की श्रमतिले यसरी देशका जनताहरूलाई धम्काउँनु वा लोभाउँनु भनेको आचार संहिन्ता बिपरित पनि हो।भरतपुरमा प्रचण्डले उनको पुत्रबधुले जित्नै पर्ने दावि गरेकाछन त्यो मात्रैहोइन उन्ले नजिते देशमा आपत स्थिति हुने जस्ता डर देखाएर जनतामा भ्रम सिर्जना गरेकाछन।प्रचण्डहरू सरकारमा मत्री प्रधान मन्त्री सबै भयपनि आफ्नो त्यो बन्दुके धुकधुकी वार्गेनिङ्गको त्यो पुरानो खेल खेल्न छाडेकाछैनन्।
बिपक्षका एमालेले पनि आफुले नजिते बुढापा पेन्सन बन्द हुने जस्ता गलत बिचारको प्रचार गरेको देखिन्छ।
यो पुंजिवादी बुजुर्वा ब्यबस्था भित्रको स्थानिय निर्वाचन भएपनि चुनावमा भागलिने हरूले आफ्नो शक्ताको दुर्पयोग गरेकाछन त्यो आचार संहिन्ता बिपरित हो त्यसकारणले यि र यस्ता गलत प्रवृतिहरूमा अबिलम्बन रोक लगाउँनुपर्छ।जति जति चुनाव नजिकिंदै गएकोछ उति जनतालाई सचेत गराउँनुको साटो जनतामा भ्रम सिर्जना गरेर देशभित्र खौफ सिर्जित गरेर आफुले जित्ने प्रयात्न गर्दैछन।
हामि आफैले बनाएको आचार संहिन्तालाई उलंघन गरेर जनतालाई यसरी डर देखाउँने धम्काउँने र लोभ देखाएर उनिहरूको अमूल्य मतलाई आफ्नो पोल्टामा पार्ने दुशसहाशनै हो।लोकतन्त्रमा सबैलाई चुन्ने चुन्निने र चुनावलाई बहिस्कार गर्ने समेत अधिकार हुन्छ।चुनावलाई आचार संहिन्ताको जगमा उभिएर प्रयोग गर्ने नगर्ने नागरिक अधिकारलाई धम्कि दिएर आफुले उन्को मतलिनु भनेको अप्राधनै हो।त्यसको घोर बिरोध गर्नुपर्छ त्यो कार्य जुनसुकैले गरेपनि गलतहो।यसबारे चुनाव आयोगको ध्यान यता अबिलम्बन जानुपर्छ र यस्तो कृयाकलापमा रोक लगाउँनुपर्छ।यसरी भ्रम दिने लोभ देखाउंनेहरूलाई कार्वाही गर्नुपर्छ।अहिले यो चुनावमा गठबन्धन भएकोछ गठ बन्धन प्रतिगमनलाई रोक्ने उदेश्यले भएकोहो त्यो गठबन्धनप्रति पनि सबै दलको इमानदारीता हुनुपर्छ यदि त्यसो हुंदैन भने देशले फेरी प्रतिगमनको सामना गर्नुपर्नेछ।चुनावी प्रचार प्रसार गर्ने मित्रहरूले जनतालाई राम्रैगरि शिक्षित बनाउँ र मतदान गर्दा कसरिगर्ने भन्ने बारे सबैलाई सिकाउँ सचेत गरौं।
यतिका धेरै कन्डिडेट भयको ठाउँमा कति निशानमा छाप लगाउँने कुन पार्टीको कुन निशानहो त्यसबारे पनि जनतालाई बुझाउँनुपर्छ।खाली हामिलाई मत दिनुहोला भनेर कसैले मत दिंदैन।जनताहरूले पनि प्रचार प्रसारको द्वौरान उनिहरूको ब्यबहारको मुल्याङ्कन गर्दैछन।
अहिले धेरै निशानहरूछन त्यसकारण उनिहरूलाई राम्रै गरि नबुझाए मतहरू धेरै बदर हुनसक्छन।एक त देशका एक करोढ जति जनता बिदेशमाछन उनिहरूको उपस्थिति बिना यो निर्वाचन एकप्रकारले अधुरो हुनेछ।उनिहरू जंहा छन त्यंही बाट मतदान गर्न पाउँने सर्वोच्चको फैसला समेतलाई अनदेखा गरिएर हुने निर्वाचन अधुरो निर्वाचननै हो।
आर्को जनतलाई यसरी भ्रम र डर देखाएर वा उनिहरूलाई लोभ देखाएर मतको माग गर्नु भनेको उनिहरूलाई धम्काएर उनिहरूको अधिकारलाई खोस्नुनैहो।
खास गरेर यि सरकार पक्ष वा प्रतिपक्षमा भएका ठुला राजनीति दलहरूले लगातार जनताको अधिकारलाई कुन्ठित पार्ने र पानी धमुलेर माछा मार्न प्रयात्न गरेको भान हुन्छ।कसैले सहर भित्रै युवाहरूलाई रोजगार दिलाउँने बिचारहरू पनि गरेकाछन तर उनिहरूले कुन श्रोत बाट रोजगार उपलब्द गराउँनेहुंन त्यो खुलाएकाछैनन्।यो गलत र युवाहरूको बुद्धी भुट्ने प्रयात्न गर्दै आएकाछन।कसैले देशका युवाहरूलाई फ्रि पासपोर्ट फ्रि बिजा दिने भनेर उनिहरूलाई बिदेश पठाउँने आसा देखाएर उनिहरूको मत लिने प्रयात्न गरेकाछन।यो निर्वाचन स्थानिय निर्वाचन भएकोले कण्डिडेटहरूले जनतामा आफुले गाउं र सहरको बिकासका लागि आएको रकम लाई सहि ठाउँमा लगाउँने त्यसको दुर्पयोग नगर्ने प्रतिबद्धता जाहिर गर्नु त स्वाभाबिक हो तर यसरी युवाहरूलाई रोजगारको झुठ्ठा आसवासन दिएर वा उन्लाई डर देखाएर धमकाएर गरिने निर्वाचन गणतन्त्र अन्तरगतको हुन सक्दैन।देशमा जनताले अमन चयन शान्ति सुब्यबस्था कायम राख्ने अखण्ड नेपाल र अखण्डित नेपालीको यथार्थ ब्यबहार लाई लागु गर्नचाहान्छन।देशमा भित्राएको संघियता खारेज गरेर देशको खर्चमा कटौति गर्ने र बिदेशीहरू संग असमान सन्धि र सम्झौतालाई एथासिर्ध खारेज गर्ने जन चाहानाहो।अहिले कुनै भ्रमजालमा नपरि देशभक्त र गणतान्त्रिक शक्तिहरूलाई मत दिएर देशका जनताले आफ्नो देशभक्तिको परिचय दिनेछन।जनताले साढे छे दशक लामू बलिदानी पुर्ण शंघर्ष गरेर ल्याएको गणतन्त्र जनताले सम्बिधान सभा द्वारा निर्माण गरेको सम्बिधान समेतलाई भयको खतरा र प्रतिगमनकारी शक्तिको दिनौदिन हुंदै गयको बिकासले गर्दा गणतन्त्र र धर्म निरपक्षियता मात्र होइन सिंगो सम्बिधान धरापमा परेको यो भिषम परिस्थितिमा जनताले सहि ठाउँमा मतदान गरेर गणतन्त्रको र सिङ्गो सम्बिधान समेतको रक्षा गर्नेछन।एका तिर बिदेशीको इसारामा जवर्जस्ति चोर ढोका बाट घुसाएको संघियताले देशमा आर्थिक संकट सिर्जना हुंदै गयकोछ भने स्थानिय तहमा हुने भ्रष्टचारले गर्दा जनतालाई महंगिको मार झेल्नु परिरहेको अबस्थामा अहिले देशका आम नागरिकहरूको क्रतब्य इमानदार देशभक्त र गणतन्त्रवादी प्रतिनिधीहरूलाई छानेर अगाडी सार्नुपर्दछ यसमा कसैको पनि आर्काे मत छूनहोला।चुनाव भेनेको कसैको अधिकार हनन् गर्ने कुन्ठित गर्ने प्रलोभन दिने साम दाम दण्ड भेध होइन बरू बुजुर्वा ब्यबस्थाको रिड पनि मानिन्छ।त्यसैले सबै साना ठुलो पार्टीहरूले आचार संहिन्ताको उलंघन नगरेर एउटा सच्चा नागरिकको परिचय दिनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार