शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • फोहरी खेल (कबिता)

फोहरी खेल (कबिता)

  • सोमवार, बैशाख २६, २०७९
फोहरी खेल (कबिता)

चुनाब फोहरी खेल हो भन्ने,
थाहा थियो ।।
तर यो धाक धम्की पनि रहेछ भन्ने,
2079 को स्थानीय चुनाबले खुलेआम बताइदियो।।

निर्दोष जनताहरुको बिचमा मात्र,
गुलिया नाराहरु आए।
आज सम्म नारा नारामै सिमित भयो,
जनताले सदा राहत भन्दा ठक्कर मात्र पाए।।

आज पनि शहर पसेका नेताहरुको,
लर्को छ गाउँ गाउमा।
बिशाल कोणसभा र र्याली,
भएका छन् बिकटका ठाउँ ठाउँमा ।।

त्यो ठाउको पहिचान हिज पनि बिकट थियोे,
आज पनि बिकट नै रहयो।
तर त्यहीका जनताका अमुल्य भोटले,
नेताको जीवन नर्कबाट स्वर्गमा बदलियो।।

लाज नमानी आज पनि बाचा कसम,
चर्को चर्को स्वर बनाएर खाइदै छ।
बहुसंख्यक दलहरुले,
जनताहरुलाइ भेडा बनाउने योजना बनाइदै छ।।

कहि कतै पैसाको ,
लोभ देखाइदै छ।
प्रदेशको इतिहास,
आफ्नै देशभित्र लेखाइदै छ।।

तर एउटा कुरा उनीहरूलाई थाहा छैन ,
यो हिज होइन आज हो ।
नेताहरु बोलेको पनि हिजको प्रबिधिमा होइन ,
आजको बिकासोन्मुख प्रबिधिको माझ हो ।।

आज बोल्ने बोलीहरु,
सरल तरिकाले रेकर्ड हुन्छन् ।
त्यो बोली सेकेन्ड मै,
बिस्वभरका जनजनले सुन्छन्।।

त्यसैले जुन पार्टीका नेताहरुले पनि,
बोल्दा दस पटक सोचेर बोल्नु।
गर्न सक्ने कामलाई मात्र अौल्याउने गर्नु।।
अरु पार्टीलाई घोचेर नबोल्नु।।

अरुका कमिकमजोरी देखाएर,
कोही पनि आफू राम्रो भइदैन।
आफ्ना एजेन्डा पस्किएन भने,
पहिचान पनि आफ्नो रहदैन।।

चर्चामा

सम्बन्धित समाचार