शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने सर्वदलीय बैठकको निणर्य

बाजुरामा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने सर्वदलीय बैठकको निणर्य

  • सोमवार, बैशाख २६, २०७९
बाजुरामा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने सर्वदलीय बैठकको निणर्य

बाजुरा — बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन बाजुरामा शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने सर्वदलीय बैठकले निणर्य गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकमा सहभागि भएका राजनीतिक दलका प्रमुख नेताहरुले निर्वाचन आचार संहिताको पूर्ण परिपालना गर्ने निणर्य गरेका हुन् ।
त्यसै गरी भोली २७ गते राति १२ बजेदेखि शुरु हुने मौन अवधिलाई पूर्ण तया परिपालना गर्ने, मतदानका दिन मतदातालाई स्वस्फूर्त रुपमा मतदान स्थलमा आउजाउमा सहयोग गर्ने र कुनैपनि किसिमको अवरोध सिर्जना नगर्ने, मतदानका लागि खटिने पार्टी प्रतिनिधिको नाम नामेसी सम्वन्धित मुख्य निर्वाचन र निर्वाचन कार्यालयमा यथाशीर्घ उपलव्ध गराउने सर्वदलीय बैठकले निणर्य गरेको छ ।
त्यस्तै निर्वाचनको दौरानमा भएका र हुन सक्ने अवाञ्छित गतिविधी मतभेद विवाद झैझगडा मेलमिलापलाई प्राथमिकतामा राखि सम्वन्धित राजनीतिक दलका जिल्ला स्थानीय तहका नेतृत्वको आपसी समन्वय एंव समझदारीमा सामान्यीकरण गर्ने निर्वाचनको दौरानमा भएका र हुन सक्ने अप्रिय घटनाहरुबाट धनजनको क्षति रोग्क्ने सामाजिक सद्भाव कायम गर्ने र मेलमिलापको वातावरण सिर्जना गर्ने भएका राजनीतिक दलले प्रतिवद्धता जनाएका थिए ।
प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालको अध्यक्षतामा आशन्न स्थानीय तह निर्वाचनलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकमा नेपाली काँग्रेसका जिल्ला सभापति रामसिंह रावल, नेकपा एमालेका सचिव भरत थापा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक देविचन्द बुढा, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष गगन रावल, जसपाका टेकबहादुर बडुवाल लगायत सुरक्षा निकायका प्रमुखहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार