शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • कुखुराका हत्याले पूरै सहर स्तब्ध, आरोपी प्रहरी अधिकारीमाथि कारबाहीको माग

कुखुराका हत्याले पूरै सहर स्तब्ध, आरोपी प्रहरी अधिकारीमाथि कारबाहीको माग

  • सोमवार, बैशाख २६, २०७९
कुखुराका हत्याले पूरै सहर स्तब्ध, आरोपी प्रहरी अधिकारीमाथि कारबाहीको माग

अमेरिकाको मिसिसिपीस्थित एक सानो सहरमा हालै एउटा कुखुराको हत्या भयो । कुखुराको हत्यासँगै १८ हजार जनसंख्या भएको सहरमा तहल्का मच्चियो । पूरै सहर स्तब्ध भयो ।

एकजना पुलिस अधिकारीमाथि कुखुरा हत्याको आरोप लाग्यो । कुखुराको हत्या गरेकी ती महिला प्रहरी अधिकारीलाई कारबाही गर्न सहरवासीले माग गरेका छन् ।

भालेको नाम कार्ल थियो । सो कुखुरा ओसन स्प्रिंग्सको सडकमा रातदिन डुल्दथ्यो । बिहान बिहान स्थानीय मानिसहरुको पसलसम्म पुग्दथ्यो । कार्ल निकै लोकप्रिय थियो त्यहाँ । सबै पसलेहरूले उसलाई पानी तथा चारो खान दिन्थे ।

यतिमात्र होइन उक्त कुखुरा फिटनेस कक्षामा पनि सामेल हुन्थ्यो । कुखुरा यतिधेरै मिलनसार थियो कि मानिसहरुसँग गएर तस्वीरका लागि पोज दिन्थ्यो । सहरमा यत्रतत्र गएर रेलिङहरुमा सुतेको देखिन्थ्यो बेलाबेलामा ।

केही दिन अगाडि कार्ल एक्कासी गायब भयो । एक प्रकारले उसको अपहरण भयो । एक महिला पुलिस अधिकारीले उक्त कुखुरालाई अपहरण गरेर मारेको आरोप लागेको छ । कुखुराको शव अहिलेसम्म फेला परेको छैन ।

त्यसपछि बालबालिकाहरुले कार्लको यादमा प्रेमपत्र लेखे र पूरै सहरका ढोकाहरुमा टाँसिदिए । स्थानीय कलाकारले कुखुराको सम्झनामा भित्तेचित्र पनि बनाए ।

कार्ल बस्ने गरेको टाटु पार्लरका टाटु आर्टिस्टका अनुसार अप्रिल २५ मा जब उनी आफ्नो पार्लरमा पुगे त्यहाँ कार्लको अत्तोपत्तो थिएन । दुई चार दिनसम्म पनि कार्ल घर नफर्किएपछि उनले कार्ल कुखुराको खोजी सुरु गरे ।

सिसिटिभी फुटेजमा चाहिं अप्रिल २४ को बिहान ३ बजे तिनजना पुरुषसँगै एक महिला आएर कार्ललाई समातेर लगेको देखियो ।

सिसिटिभी फुटेजमा देखिएकी महिलाको नाम केन्द्र शफर हुन् । उनी एक पुलिस अधिकारी हुन् ।
सिसिटीभी फुटेजमा शेफरले कुखुरा लगेको करिब १५ मिनेटपछि कार्लको शवलाई पार्किङमा डम्प गरेको देखिन्छ ।

त्यसको एकघण्टापछि एकजना पुरुष आएर कुखुराको शरीरलाई प्लास्टिकको थैलीमा हालेर लगेको देखिन्छ । त्यसरी लगेको कुखुराकेा शव फेला परेको छैन ।उक्त घटना पश्चात् पशु क्रुरताको मुद्दामा शेफरलाई प्रहरीले सूचना जारी गरेको छ र जागिरबाट पनि निकालिदिएको छ ।एजेन्सी

चर्चामा

सम्बन्धित समाचार