शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • मतपत्रमा सिसाकलमले हस्ताक्षर गर्न नपाइने

मतपत्रमा सिसाकलमले हस्ताक्षर गर्न नपाइने

  • आइतवार, बैशाख २५, २०७९
मतपत्रमा सिसाकलमले हस्ताक्षर गर्न नपाइने

स्थानीय तह निर्वाचनमा मतदान अधिकृतले सिसाकलम प्रयोग गर्न नपाइने भएको छ।

सिसाकलमले मतपत्रमा हस्ताक्षर गर्न नमिल्ने आयोगले जनाएको छ। सिसाकलमले हस्ताक्षर गर्दा छिट्टै मेटिन सक्ने खतरा रहने भएकोले डटपेनलगायत कलमले सही गर्न भनिएको छ।

यही वैशाख ३० गते स्थानीय चुनाव हुँदैछ।

आयोगका अनुसार मतपत्रमा कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम–डटपेनले सही गराउन सकिनेछ।

आयोगले सिसाकलम बाहेक अन्य कलमबाट मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।

चर्चामा

सम्बन्धित समाचार