शुक्रबार, बैशाख ७, २०८१

गजल!

  • शुक्रबार, बैशाख २३, २०७९
गजल!

रातो झण्डा पनि हरिया मान्छेको ढाल भएकोछ
आज रूपिया कमाउनेहरूकै जञ्जाल भएकोछ,

जान्दैनौं काम गर्न चिन्दैनौं मित्र,दुश्मन लाई हामी,
त्यसैले त धेरैजनाको मृत्यु पनि अकाल भएकोछ।

हाम्रो देशले निर्यातगर्ने त युवा शक्ति मात्र देखियो,
त्यसैले त देशमा जताततै आज ब बाल भएकोछ।

हाम्रो देश बिगार्ने बिदेशी भन्दापनि कामचोरले हो,
पेसाको लागि पेसेवर भएरनै देश गंगाल भएकोछ।

देशभित्र रोजगार न हुंदा छोरा छोरी बिदेशी हुनाले,
गाउँ घरमा बृद्धाहरूको अबस्था वे-हाल भएकोछ।

रिमझिम पानी पर्यो एकछिन मै प्रचण्ड घाम भयो,
प्राकृतिको नि मिजासमा अहिले कमाल भएकोछ।

मानिसहरूपनि लड्नमात्रै खोज्छन किन सधैभरी,
हाम्रो देशमा शहिदकोखेती प्रत्येक साल भएकोछ।

सुरेशकुमार पान्डे । 

चर्चामा

सम्बन्धित समाचार