बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • नेकपा एमाले बडीमालिका ९ को प्रतिवद्धता सार्वजनिक

नेकपा एमाले बडीमालिका ९ को प्रतिवद्धता सार्वजनिक

  • बुधबार, बैशाख २१, २०७९
नेकपा एमाले बडीमालिका ९ को प्रतिवद्धता सार्वजनिक

बाजुरा — नेकपा एमाले बडीमालिका नगरपालिका वडा नं. ९ को वडा कमिटीले वडा नं. नौं, सुखी र समृद्ध मौं भन्ने मुल नाराका साथ ६ पृष्ठ लामो प्रतिवद्धता पत्र तयार गरेर सार्वजनिक गरेको छ ।
एमाले बडीमालिका ९ नम्वर वडा कमिटीले आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडाबाट बनेका उम्मेदवारहरु विजयी भएपछि आगामी ५ वर्ष भित्र वडामा गर्ने कार्य योजना अनुसारको प्रतिवद्धता पत्र एक अनौपचारिक कार्यक्रमका विच बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
जिल्लाका ९ वटा स्थानीय तहमा रहेका विभिन्न पार्टीहरुले पालिका अन्तरगतका प्रतिवद्धता पत्र सार्वजनिक गरेका भएपनि वडाहरुका भने प्रतिवद्धता पत्र हाल सम्म पनि कुनै वडाले तयार गर्न सकेका छैन््न ।
तर जिल्लाका ९ वटै स्थानीय तहका ६९ वटा वडा मध्ये नेकपा एमाले बडीमाालिका ९ नम्वर वडा कमिटीले भने पहिलो पटक वडाको पाँच वर्षे प्रतिवद्धता पत्र तयार गरेर सार्वजनिक गरेको वडा अध्यक्षका उम्मेदवार सुर्यकिरण विकले बताएका छन् ।
नेकपा एमाले बडीमालिका नगर कमिटीले तयार गरेको समग्र नगरपालिकाको प्रतिवद्धता पत्रलाई नै आधार मानेर वडाको छुट्टै प्रतिवद्धता पत्र तयार गरेको बताईएको छ ।
एमाले जिल्ला कमिटी बाजुराका सदस्य तथा वडाका पूर्व अध्यक्ष काल्चे दमाईको आथित्यतामा गरिएको प्रतिवद्धता सार्वजनिक कार्यक्रममा प्रतिवद्धता पत्रमा उल्लेख गरिएका बुँधाहरुलाई नेकपा एमाले बडीमालिका ९ का निर्वाचन परिचालन कमिटीका संयोजक बसन्त विश्वकर्माले पत्रकार सम्मेलन मार्फत जानकारी गरेका थिए ।
वडाको प्रतिवद्धता सार्वजनिक कार्यक्रममा एमालेबाट बडीमालका ९ का वडा अध्यक्षका उम्मेदवार सुर्यकिरण विक लगायत वडा सदस्यका उम्मेदवारहरु, बडीमालिका ९ का कार्यवाहक वडा अध्यक्ष लालचन्द नेपाली लगायत जिल्लामा क्रियाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार