शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बदर मतको संख्या कम गर्न बाजुरामा नमुना मतदान

बदर मतको संख्या कम गर्न बाजुरामा नमुना मतदान

  • बुधबार, बैशाख २१, २०७९
बदर मतको संख्या कम गर्न बाजुरामा नमुना मतदान

बाजुरा — आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा बदर मतको संख्या कम गर्न नमुना मतदान कार्यक्रम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय बाजुराले मतदाता शिक्षा कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका ९ मा रहेको मालिका नमुना माविको मतदान केन्द्रमा नमुना मतदान कार्यक्रम गरेको हो । मतदानकाे समयमा मत बदर नहाेस भन्ने उदेस्यका नमुना मतदान कार्यक्रम गरिएकाे निर्वाचन कार्यालय बाजुराले जनाएकाे छ ।

No description available.
यस अघि ०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९ सय ५० जना मतदाता रहेका थिए भने ४३९ प्रतिशत मत बदर भएको थियो । भने कुल मतदाता मध्ये खसेको मत ५२ हजार १ सय ३ मत थियो । मालिका नमुना माविको मतदान केन्द्रमा युवा युवतिलार्ई जम्मा गरेर नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनु पर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी अवस्थीले जानकारी बताएका छन् । बाजुरामा यस वर्ष हुने स्थानीय तहको निर्वाचनमा ८२ हजार ६ सय ९० जना मतदाता संख्या रहेको छ । जिल्लामा ९ वटा स्थानीय तह रहेका छन् जसमध्ये ४ नगरपालिका र ५ गाउँपालिका रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार