शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कस्तो खालको गठबन्ध भएछ

कस्तो खालको गठबन्ध भएछ

  • सोमवार, बैशाख १९, २०७९
कस्तो खालको गठबन्ध भएछ

साइला दाईको घुडाको गोली जस्ताको तस्तै रहेछ २
पाँच वर्ष अगाडी हालेको भोट त्यसै खेर गएछ
तै पनि नेपालमा फेरी गठबन्धन भएछ
अघिल्लो चुनावमा दुई पार्टी बिच टाउको फुटालाफटल भएछ २
अगाडी दुई थियो अहिले पाँच पार्टी रहेछ
जसरी नि चुनाव जित्न फेरी गठबन्धन भएछ
चालिस काटेपछि रमाउन साइला खाडी गएछ २
जुन जोगी आए पनि युवा खाडी जानै पर्ने रहेछ
के गर्नु सोझा जनता झुक्याउन फेरी गठबन्धन भएछ
के गर्नु नेपालको राजनिती यस्तै त रहेछ २
बाटो, पुल, सुख र समृद्रि त्यस्तै अलपत्र गएछ
सत्तामा ब्रजस्व जमाउन फेरी गठबन्धन भएछ
ईमान जमान निती र नैतिकता त्यसै खेर गएछ २
रुपौँयामा बिग्न जनता तयार रहेछ
त्यसैले त फाईदा उठाउन फेरी गठबन्धन भएछ
तँलाई यति मलाई यति भागबण्डा भएछ २
खुट्टा जति बलियो भए पनि सोच्ने टाउकेले नै रहेछ
धरातलमा जे भए पनि माथि गठबन्धन मै गएछ
जसरी नि चुनाव जित्न फेरी गठबन्धन भएछ

चर्चामा

सम्बन्धित समाचार