शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • क्रान्ती किन हुंदैन?

क्रान्ती किन हुंदैन?

  • आइतवार, बैशाख १८, २०७९
क्रान्ती किन हुंदैन?

सुरेशकुमार पान्डे — क्रान्तिकारी आन्दोलन अगाडी बढ्न नसक्नु कस्को दोशछ?भनेर कसैले सोधिहाल्यो भने साथिहरूको एउटा जवाफ आउँनेछ नेतृत्वले गर्दानै हो”नाचन नजान्नेले आगन टेडो भनेको जस्तै।हिंजो आज क्रान्ती मसाल द्वारा हुन सक्दैन भनेर जाने साथिहरूले भनिरहनुहुन्छ दिनौदिन रिस पोख्हुन्छ नेतृत्व चुनावप्रस्त भयो दक्षिण पन्थिभयो आदि इत्यादी बिचार बाहेक आर्को लेख एक आद बुद्धीजिवी बाहेक अरूका आउँदैनन्।
क्रान्ती त अंझै कयौं बर्षसम्म पनि हुंनेछैन भन्ने निश्चितछ पक्का पक्कि लेखेर राख्नुस।यो उंहाहरूलाई पनि थाहाछ तर किन हुंदैन भन्नेबारे बरू उंहाहरू अनभिग्य हुनुहुन्छ।
अब किन हुंदैन त त्यसबारे इमानदारी सँग छलफल गरौं।
हामी मध्य धेरै कार्यक्रता र नेता नौलो जनवादी क्रान्ति गर्ने भनेर लाग्यौं सक्रिय रूपमा दिनौरात संगठन निर्माणमा लाग्यो शंघर्ष गय्रौं।यसमा कसैको पनि आर्को मत नहोला।
तर अरूका छोराछोरी लाई संगठित गर्ने आन्दोलित गर्नेहरूले आ आफ्ना छोरा छोरीलाई सके उच्च डिग्रिका लागी बिदेश पठायौं नसकेकाले प्राइवेट बोडिङ्ग र राम्रो स्कुलमा अध्यायन गरायौं।उनिहरूलाई टुसेन पढायौं हामि क्रान्तिकारी हुंदाहुंदै पनि उनिहरूलाई संगठनमा आबद्ध गर्न सकेनौ वा चाहेनौ।
उनिहरूलाई अरूका छोरालाई जस्तै अखबार बेच्न लगाएनौं संगठनको बिकासको लागि तैयार पारेनौँ।सिए पढायौं,इञ्जिनियर ,डाक्टर अनि माष्टर,वकिल तर एउटा मजदुरको बिचमा सामिल गरेर आम मजदुरको पाठ कुनैपनि नेता र कार्यक्राताले गराएनौं अनि हाम्रो क्रान्तिकारी आन्दोलनलाई कसको भरमा अगाडी बढाउँने?हाम्रै ब्यबहारले क्रान्ति बिरोधी ब्यबहार गर्दैछ एका तिर उनि आक्रोशित भएकाछन हामि माथि जस्को छोरा छोरीलाई हामिले आन्दोलित गराएकाछौं हाम्रो दोग्लो ब्यबहार देखेर आर्को तिर हाम्रै बाल बालिका क्रान्तिको बिरूद्धमा उभ्भिएकाछन।यो अबस्थाको जनमदाता को हो यसको दोश कसले लिने नेतृत्वले मात्र
के यसमा नेतृत्व पंक्ति मात्रै दोशिछ?आफ्नो छातीमा हात राखेर इमानदारी सँग भनौ त हाम्रा नानि बाबुहरूले अहिले के के गर्दैछन?कुन कुन जिल्ला बाट कुन कुन गाउँ बाट क्रान्तिको नेतृत्व गरेकाछन।वा बुजुर्वा डिग्रि हासिल गर्न जापान ,अमेरिका पुगेकाछन?अहिले कयौं नेताले आ-आफ्ना छोराले एति लाख जापान बाट पठायो अमेरिका बाट धन पठायो।उस्ले जापानमा उच्च डिग्रि हासिल गर्दैछ फलानाको छोराले अमेरिकामा पढेकोछ भन्ने धाग लगाउँछन त्यो नेपालको नौलो जनवादी क्रान्तिको लागी हो त?यो सबै उच्च डिग्रि हासिल गरेर सुखभोगी जिवन यापन गर्नका लागीहो तर आर्काका छोरा छोरीलाई भने उनै नेताले क्लास दिंदै हिंडेकाछन।अब भन्नुस त क्रान्ति किन भैन किन हुन सक्दैन?हिंजो २०४५/०४६तिर भूमिगत संगठन अत्यान्तै बलियो थियो माओवादीहरूले कथित जन युद्ध गर्ने वेला२०५२साल तिर हाम्रो पार्टीले त्यो आन्दोलन एउटा अराजक गुटहो,त्यो जनयुद्धहोइन त्यसले प्रतिगमनलाई बल मिल्छ भन्यौ।हुनपनि त्यो आन्दोलन त्यतीवेला उठाउँनु गलत थियो तर त्यो आन्दोलन भित्र कयौं साथिहरू क्रान्तिकारी थिए क्रान्ति गर्न उनिहरू शहिद पनि भय त्यो क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने नेता बाबुराम भट्टराई र हिसिलाको छोरीले कहां डिग्रि हासिल गर्दै थिइन?के उन्का नेतृत्व कर्ताका छोराछोरी कुनै आन्दोलनमा परेर शहिद भए?बरू ऐयासी गरेर नसेडी भयका थिए यो सबैलाई थाहाछ।
अनि हामिले फेरी पनि भन्छौ मसाल र राजमोले क्रान्ति गर्न सक्दैन अनि आफ्ना छोराछोरी प्लाटिंको खेलमाछन बिदेशमा पढ्छन वा नोकरी गरेकाछन।कुनैले मेनपावरको कमान छोपेकाछन अनि रक्सिको नसमा लेख्छन मसालले क्रान्ति गरेन।साथि मित्र हामिले बुझौं समयको सेरोफेरा बाट शिक्षित बनौँ र कुनै गरिवको किसानको छोरालाई क्रान्तिको नाउमा शहिद न बनाउँ।
त्यो एउटा गरिवको लागि प्रोपकार हुनेछ जसरी बांचेकोछ सक्छौँ भने उसलाई सचेत बनाउँ उसको चेतनास्तिर उठाउँ र सच्चा देशभक्त बनाउँ तर उसलाई झुठा सपना देखाएर उसको प्राणको दुश्मन नबनौं।देशभित्र जनवादी क्रान्ति हामि केही जनाले चाहेर हुंदैन त्यो आन्दोलनलाई हांक्न धेरै त्याग गर्नुपर्ने हुन्छ।
अहिले जनवादी क्रान्तिको लागि आधार बनाउँन आफ्ना छोराछोरीको नाम मार्क्स ,एंगेल्श,स्टालिन र लेनिन माओ राख्दैमा हुंदैन बरू उनिहरूमा आफुले गरेको कामको सपोर्ट गर्न सक्ने त बनाउँ।
अहिले हाम्रा कयौं नेताका छोराले छोरीले आफ्नो बाबा आमाले गरेको आन्दोलन ठिकछ भनेर सतिसाल जस्तै उभ्भिएको एउटा परिवारलाई देखाउँ त उधारणका लागी।
सक्छौँ भने हामिले जति सक्किन्छ त्यती मात्र भनौं आर्कालाई गालि गरेर दिनौ दिन सरापेर क्रान्ति हुंदैन भन्ने कुरा थाहा भयका साथिहरूले क्रान्तिको लागी एउटा इंटा थप्ने काम गर्नु पर्छ।
अहिलेको पुंजिवादी ब्यबस्थाले हामिलाई धन कमाउँन र आफ्नो आधारभूत समस्यालाई समाधान गर्न सिकाउँदैछ।हिंजो हाम्रो बिचमा बुजुर्वा डिग्रिको कामछैन यस्लाई च्यात्नुस भन्नेहरूले पैसा तिरेर त्यो डिग्रि किनेकाहरू हाम्रै बिचमा हुनुहुन्छ टाडा जानु भएकोछैन।यि वाइहात कुरा गरेर क्रान्ति हुंदैन अहिलेको अवस्था चुनावलाई बहिस्कार गर्ने पनिहोइन पार्टीले लिएको लाइन भरप्रदोछ त्यसकारण साथिहरू आवेगमा कतैपनि दांया बांया नगरौं।
क्रान्तिको लागी समय लाग्छ र त्यो बाटो छोपेकाले त्यो क्रान्तिकारी बिचारलाई आफ्नो ब्यबहारमा ढाल्नुपर्छ र मात्र क्रान्ति सफल हुन सक्छ।

चर्चामा

सम्बन्धित समाचार