शुक्रबार, बैशाख १४, २०८१

कबिता / गजल

  • शनिबार, बैशाख १७, २०७९
कबिता / गजल

मई दिवश लाई सम्झदा ।
रबि पाैडेल
अाठ घण्टा काम
अाठ घण्टा विश्राम र
अाठ घणटा मनाेरञ्जन काे
माग राखेर
अमेरिका काे शिकागो शहर मा
सन १८८६ मा मजदुर अान्दोलन भयाे
शहर ठप्प पार्दै मजदुर हरु ले
गाेलि चल्यो त्यहाँ ,बम फ्याकियाे
अाधा दर्जन काे हत्या भयाे
सयाै मजदुर घाईते भए

त्यो दिन लाई सम्झदा !

सन १८४८ मा
कार्लमाक्स र फ्रेडिक एंगेल्स ले
कम्युनिस्ट घाेषणा पत्र जारि गर्दै
मजदुर हकहित र बर्ग दुस्मन काे
बाटो चिनाउन पहल गर्दै
अघि बढे ।

मइ दिवश लाई सम्झदा !

सन १८८९ मा फ्रान्स काे पेरिस मा
विश्व मजदुर संगठन हरुका नेताहरू काे
बैठक ले
सन १९९० देखि मजदुर दिवश
मनाउने निर्णय गरे
मजदुर अान्दोलन चर्कदै जाँदा
सन १९७२ मा पेरिस कम्युन काे
जन्म भयाे ।

मजदुर दिवश लाई सम्झदा !

सन १९६६ मा नेशनल लेवर
युनियन द्वारा प्रस्तावित
अाठ घण्टा काम काे माग
पूरा हुन सफल भयाे ।

मजदुर दिवश लाई सम्झदा !

त्यो दिन कठाेर सङघर्ष
मजदुर हरुकाे बलिदान र रगत ले
प्राप्त गरेको दिन ,
याे दिन लाई उचाे राख्न
प्राप्त हकअधिकार काे संरक्षण गर्दै
अरु हक प्राप्ति काे लागि
सबै भाेका नाङ्गा ,मजदुर किसान
गरिव बर्ग र सर्वहारा बर्ग
एकजुट भइ
अघि बढाै
मइ दिवश जिन्दावाद ।

दक्षिण भारत पाण्डेचरि ।

चर्चामा

सम्बन्धित समाचार