शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • खेलकुद
  • नेपाल पुलिस क्लबकी राजपुरा पछाई च्याम्पियन बनिन

नेपाल पुलिस क्लबकी राजपुरा पछाई च्याम्पियन बनिन

  • शनिबार, बैशाख १७, २०७९
नेपाल पुलिस क्लबकी राजपुरा पछाई च्याम्पियन बनिन

 नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाई तेस्रो संस्करणको वीर गणेशमान सिंह स्मृति १० के रोड रेसको च्याम्पियन बनेका छन् । शनिबार बिहान भएको स्पर्धामा गोपी पुरुषतर्फ तथा राजपुरा महिलामा च्याम्पियन बनेको हो । गोपीले निर्धारित १० किलोमिटर ३१ मिनेट ११.४ सेकेण्डमा पूरा गरे । दोस्रो भएका आर्मीका दीपक अधिकारीले ३१ मिनेट १५.२ सेकेण्डमा दुरी पुरा गरे । आर्मीकै राजन रोकायाले ३१ मिनेट २०.४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए । अनिष थापा मगर र गजेन्द्र राई चौथो र पाँचौ भए ।

महिलातर्फ राजपुराले निर्धारित दुरी ३७ मिनेट १०.५ सेकेण्डमा पुरा गर्दै पहिलो हुन सफल भइन् । दोस्रो भएकी पुष्पाले ३८ मिनेट ०४.३ सेकेण्ड तथा तेस्रो भएकी वृन्द्रा धनके श्रेष्ठले ४० मिनेट २८.९५ सेकेण्डमा दुरी पुरा गरिन् । कल्पना खड्का र सीमा चौधरी चौथो र पाँचौं भइन् ।

१० किमि रोड रेसको विजेता गोपीचन्द्र र राजपुराले समान ६० हजार रुपैया र शिल्ड पाए । दोस्रो भएका दीपक र पुष्पाले ३० हजार, तेस्रो भएका राजन र वृन्द्रा धनके श्रेष्ठले १५ हजार र चौथो भएका अनिष र कल्पनाले १० हजार तथा पाँचौ भएका गजेन्द्र र सीमा चौधरीले जनही ५–५ हजार नगद पाए । रोड रेसमा नयाँ कीर्तिमान बनाएवापत गोपीले थप १० हजार रुपैया प्राप्त गरे ।

रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बाल मन्दिर, पुलिस हेडक्वार्टर दक्षिण गेट, गैरीधारा, राज दरबार उत्तरपूर्व मोड, नागपोखरी, जय नेपाल सिनेमा घर हुँदै पुनः शेर्पा मल दरबारमार्गमा आएर टुंगिएको थियो ।

५ किमितर्फ पुरुषमा विभागीय त्रिभुवन आर्मी क्लबका मुकेश पाल र महिलामा एपिएफकी फुलमती राना पहिलो भइन् । मुकेशले निर्धारित दुरी १४ मिनेट ३३.९ सेकेण्डमा पुरा गरिन् । सन्तोष विक्रम विष्टले १४ मिनेट ५९.९ सेकेण्डसहित दोस्रो भए । १५ मिनेट ११.१ सेकेण्डमा दुरी पुरा गर्दै सुवास कार्की तेस्रो भए । सन्जय श्रेष्ठ, किरण महर्जन, मिलन कार्की, रमेश डंगोल, दिनेश बोगटी, सन्जीव नेपाली र हरि कुमार रिमाल क्रमश चौथो देखि १०औं भए ।

फुलमती रानाले १७ मिनेट ४२.४ सेकेन्डमा दुरी पार गर्दै पहिलो भइन् । निर्मला केसीले १८ मिनेट १५.४ सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो तथा उषा श्रेष्ठ १८ मिनेट २४ सेकेन्डसहित तेस्रो भइन् । राधिका श्रेष्ठ र सरस्वती बोहोरा चौथो र पाँचौ भइन् ।

५ किमितर्फको पुरुष तथा महिला विजेता मुकेश र फुलमतीले समान १५ हजÞार रुपैया हात पारे । दोस्रो भएका सन्तोष र निर्मलाले १० हजार, तेश्रो भएका सुवास र उषाले ७ हजार, चौथो भएका सन्जय र राधिकाले ५ हजार तथा पाँचौ भएका किरण र सरस्वतीले समान ३ हजÞार प्राप्त गरे । छैटौं देखि १०औं स्थानसम्म प्राप्त गर्नेले गिफ्ट ह्याम्पर पाए ।

५ किमि दौड शेर्पा महल दरबारमार्गबाट सुरु भई महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट हुदै पुनः शेर्पा मलमा पुगेर टुंगिएको थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका युग पुरुष गणेशमान सिहको स्मृतिमा बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले आयोजना गरेको रोड रेसमा ४११ जना धावकको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार