बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • क्रिकेट
  • जिम्बावे ‘ए’ सँग खेल्दै नेपाल

जिम्बावे ‘ए’ सँग खेल्दै नेपाल

  • शनिबार, बैशाख १७, २०७९
जिम्बावे ‘ए’ सँग खेल्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू काृ तयारी स्वरुप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।

जिम्बावे ‘ए’ पनि बिलयो टोली हो । जिम्बावे ‘ए’ पनि नेपाललाई हराएर सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ । नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो ।

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुबै खेलमा नेपाल पराजित भएको थियो । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार