सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराको जगन्नाथ गाउँपालिकामा बनेन गठबन्धन, यि हुन प्रतिस्प्रधी

बाजुराको जगन्नाथ गाउँपालिकामा बनेन गठबन्धन, यि हुन प्रतिस्प्रधी

  • शनिबार, बैशाख १७, २०७९
बाजुराको जगन्नाथ गाउँपालिकामा बनेन गठबन्धन, यि हुन प्रतिस्प्रधी

बाजुरा — जिल्लाको जगन्नाथ गाउँपालिकामा गठबन्धन नबन्दा धेरै जना प्रतिस्प्रधी बनेका छन । देशभर सत्ता पक्षधरको गठबन्धन भएपनि बाजुरामा भने त्यसको प्रभाव नपर्ने देखिएको छ । नेपाली काँग्रेसले नौ वटै पालिकामा प्रमुख नछोड्ने गरि उम्मेदवारी दर्ता गराएपछि माओवादी र समाजवादी एक्लीएका छन् ।
सोही क्रममा जिल्लाको जगन्नाथ गाउँपालिकामा नेकपा एमालेबाट काली बहादुर शाही अध्यक्ष र मरुकला बिष्ट उपाअध्यक्षमा रहेकी छन । त्यसै गरी नेपाली काग्रेसका नेता सुन्दर बिष्ट अध्यक्षमा भिड्ने भएका छन भने सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओबादी केन्द्रबाट महेश शाही र नेकपा एकिकृत समाजबादी पार्टीकै नेता धर्मराज शाही उपाअध्यक्षमा लड्ने भएका छन ।
सत्तारुढ दलको सबै भन्दा ठुलो दल नेपाली काँग्रेसले प्रमुख र उप प्रमुख पद नछोडेका कारण जिल्लाभर गठबन्धन नभएको पाईएको छ । जगन्नाथ गाउपालिकामा पनि सत्तारुढ गबन्धनमा भागबण्डा नमिल्दा १ अध्यक्ष र २ उपाअध्यक्ष पदमा भिड्ने भएका छन । नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी पार्टी बिच कुनै सहमती नहुदा उपाअध्यक्षमा उम्मेदवारी दिएका नेकपा माओबादी केन्द्रका नेता महेश शाही र नेकपा एकिकृत समाजबादी पार्टीका नेता धर्म राज शाहीले उम्मेदवारी फेर्ता लिएका छैनन ।

चर्चामा

सम्बन्धित समाचार