बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • प्रतिगामी खतराको बिरोधमा स्थानिय निर्वाचनको उपयोग!

प्रतिगामी खतराको बिरोधमा स्थानिय निर्वाचनको उपयोग!

  • शुक्रबार, बैशाख १६, २०७९
प्रतिगामी खतराको बिरोधमा स्थानिय निर्वाचनको उपयोग!

सुरेशकुमार पान्डे — अहिलेको स्थानिय निर्वाचनलाई हामिले प्रतिगमनको बिरूद्धमा सम्बिधानको रक्षाका लागी र संघियताको खारेजीका लागि उपयोग गर्ने निर्णय गरेकाछौं।गणतन्त्रको रक्षाका लागी पांचदलिय गठबन्धन भएकोछ।
हामिलाई थाहाछ देशभित्र जनताका आधारभूत जल्दा बल्दा समस्यहरू ज्युंका त्युंछन।
एउटा पुलछैन विकासको नाउँमा तर बिदेशीको रिण जनताको टाउकामा थपिंदैछ।एमसीसी जस्तो राष्टघाती बिषय पारित भयकोछ।
बिगतको एमाले सरकारको अदुरदर्सियताले देश दुर्घटनामा पर्ने सम्मभावना देखेपछी पांचदलिय गठबन्धन भयो।तरपनि जनताको समस्या उस्तैछन जनताले सास्तिपाएकाछन।स्कुलजाने बिध्यार्थी तुहिनमा झुण्डिएर आउँने जाने गर्दा कुन आमा बाको मुटुपिरो हुन्न होला।देशमा राम्रो सडकछैन आबस्याक ठाउँमा पुल छैन,गाउँमा हेल्थपोष्टमा कुनै साररिक जांचगर्ने उपकर्णहरूछैन औषधी उपचार गर्ने राम्रो डिग्रि होल्डर पहाडमा डाक्टरछैन।जनसुबिधाको लागी सरकारी बस छैनन् प्राइवेट बसहरूले किराया मनमर्जिले असुल्छन उनिहरू यात्रुलाई टिकट सम्म दिंदैनन्।भ्रष्टचार यतिछ कि एउटा कुखुरा किन्दा पनि दलालि गर्छन किन बिचमा दलालि गरेर जिवन यापन गर्नेहरू पनि रोजगारको अभावमा त्यो बांच्ने आधारको रूपमा पेसा बनाएकाछन।
देशमा सयौं साना तिन राजनीतिक पार्टीछन तिनैको झोला बोकेर बच्चा पाल्नेहरूको कमिछैन।राजनीति देश र जनताको हितमा कसैले गर्दैनन् आ आफ्ना पार्टीको हितमा झोला बोकेर कूंदेकाछन।स्वतन्त्र रूपमा पार्टीलाई छोपेकाहरूले पार्टी भित्र पार्टीले अपनाएको गलत बिचारको बिरोधमा लड्नेहो अब झोला भिरेर त्यसैलाई पेसा बनाएका पार्टीका नेता कार्यक्रताले अब त्यँहा फाईदा हुँन छाडेपछि त्यँहाबाट भागेर जता केही फाइदा मिल्छ त्यता हामफाल्छन अनि कसोगरी भ्रष्टचारमा अंकूश लगाउँन सकिन्छ?यो हामि तपाँई आफैले अनुमान लगाउँन सकिन्छ।
पार्टीका नेता र कार्यक्रताहरूनै प्लाटिंको खेलमा भ-ूमाफियाको चंगुलमा फसेकाछन,ठेकेदार बनेर श्रमजिविहरूको शोषण गरेकाछन उनैले भ्रष्टचार भयो देशमा भनेर कुर्लिन्छन।यस्तोछ देशको अबस्था अनि कसोगरी हाम्रो समाजबाट भ्रष्टचार सकिन्छ?देशको सम्बिधानमा समावेसी समता मूलक समाजवाद तर्फ अनमूख भनेर उल्लेखितछ तर देश झनपछि झन बिभेदकारी गतिबिधिमा लिप्तछ।
अहिले तिस तारिख स्थानिय मतदान हुनेछ अनि त्यसपछि पांच बर्ष सम्म यि जीतेका प्रतिनिधिहरूको ब्यबहारले हाम्रो समाजलाई शान्ति सुब्यबस्था प्रदान गर्नसक्छ कि सक्दैन त्यो प्रष्ट हुनेछ।अहिले त कसैले चुनाव लड्ने टिकेट मिलिन भनेर रोएकाछन कसैले पछि चुनाव हारेर रोलान तर वास्तबिक अर्थमा जितेका जनप्रतिनिधिहरूको यो जिम्मेवारी थपिएको कसैले महेसुस् गर्ला?त्यो हेर्न बांकिनैछ।अहिले ठाउँ ठांमा जनताहरू आक्रोशित भएकाछन कयौं ठाउमा जनप्रतिनिधिहरूलाई लखटेको देखिन्छ।यो उनिहरूको गैर जिम्मेवारी ब्यबहारको परिणामनैहो।देशमा भ्रष्टचार महंगिको मार आमा जनताको जिवन स्तरमा नकारत्मक प्रभावपारेकोछ।
युवा शक्तिहरू बिदेशमा ५०-५२डिग्रि सेल्सियसको घाममा आफ्नो श्रमशक्ति खर्चिंदैछन यो देशका नागरिक भयर आर्काको देशलाई क्रमथलो बनाउँन बाध्यछन।अनि यँहा चुनावको प्रचार चलेकोछ उंनिहरूलाई भिजा कुरेर बस्नुपरेकोछ भोट सँग उन्को सरोकारनैछैन।नेपाली नागरिक हुन मतदान तिस गतेछ तर उनिहरूलाई आज बिदेश तर्फ उड्नु परेकोछ।यो नेपाली जनताहरूको दर्दनाक अबस्थाहो।
एका तिर साडे छ दशक सम्मको बलिदानी पुर्ण शंघर्षबाट प्राप्त जनाधिकार खतरामा परेको अबस्थाछ अहिले देशमा बनेको त्यो सम्बिधानलाई समाप्त गर्ने शड्यन्त्र हुंदैछ आर्को तर्फ जनताहरूले ति शड्यन्त्रकारीहरू को हुंन भनेर बुझ्न नसकेको अबस्थाछ।कयौंले चुनावलाई आफ्नो सोक पुरागर्न प्रयोग गरेकाछन,कसैले आफ्नै साथिका भोट काटेर प्रतिगामिलाई फाइदा पुराउँन उपयोग गरेकाछन कयौंले आफ्नो जिम्मेदारी पुरागर्न लडेका हुन्छ।यही खिचलोमा यो देशको कथा र तिनै कथाकारहरूको पनि कथा भयाभाव देखिन्छ।
अहिले हामि सबै देश भक्तहरूको क्रतब्य देशको हितमा र गणतन्त्रको पक्षमा उठेका तमाम उमिदवारहरूलाई विजय गराउँनै पर्छ।

चर्चामा

सम्बन्धित समाचार