बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • दलित महिला सार्की हिमाली गाउँपालिकाको उपाअध्यक्षको दौडमा

दलित महिला सार्की हिमाली गाउँपालिकाको उपाअध्यक्षको दौडमा

  • शुक्रबार, बैशाख १६, २०७९
दलित महिला सार्की हिमाली गाउँपालिकाको उपाअध्यक्षको दौडमा

लक्ष्मीराज पाध्याय — हिमाली गाउँपालिकाको उपाअध्यक्ष पदमा दलित महिला राजकला सार्की चुनावी दौडमा रहेकि छन् । सार्की नेकपा एमाले बाट उम्मेदवार बनेकि छन् । प्राय दलित महिला वडा सदस्यमा मात्र सिमित हुने गरेको भएपनि सार्की भने दोस्रो पटक उपाअध्यक्षको दौडमा रहेकि छन् ।
२०७४ सालको स्थानिय चुनावमा उनि नेपाली काँग्रेसकि चन्द्रा देबी बुढा सँग १ सय १० मतले पराजित भएकि थिइन् । चन्द्रा देबी बुढाले १६ सय ७३ र एमाले बाट उम्मेदवार बनेकी सार्कीले १५ सय ६३ मत ल्याएकि हुन् । २०७४ सालमा झिनो मतले पराजित भएकि सार्की अहिले पनि उम्मेदवार बनेकी छन् ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ (५) मा लेखिएको छ, ‘उपदफा (१) बमोजिम गाउँपालिका वा नगरपालिकाको वडा समितिका महिला वडा सदस्य पदमा मनोनयन पेस गर्दा दलले कम्तीमा एक जना दलित महिला उम्मेदवार रहने गरी मनोनयन पेस गर्ने व्यवस्था मिलाउनु पर्ने रहेको छ ।’ सोही अनुसार दलित महिलालाई अगाडि बढाएपनि वडा अध्यक्ष, प्रमुख, उपप्रमुखमा भने खासै दलित महिलाइ अगाढि बढाएको पाइदैन् ।
हिमाली गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्र गरी ३ ओटा दलहरु चुनावी मैदानमा रहेका छन् । जातिय नारालाई स्थापित गरेको दावी गरेको नेकपा माओबादी केन्द्र र सत्तामा रहेको नेपाली काँग्रेस भन्दा फरक नेकपा एमालेले उम्मेदवार छनौट गरेको छ । मुख्य गरि जिल्लामा स्थापित दल काँग्रेस र एमालेले जिल्लाभरी कुनै पनि दलित र महिलालाई प्रमुख पदमा जिम्मेवारी नदिए पनि हिमाली गाउँपालिकामा भने दलित महिलालाई उपाअध्यक्षको उम्मेदवार बनाएको छ ।
सार्की भन्छन्, दलित र महिलाका सवालहरुलाई गाउँपालिकामा मुख्य मुद्धा बनाएर गाउँपालिकामा दलितका सवालहरुलाई अगाडी बढाउन उम्मेदवारी दिएको बताएकी छन । हिमाली गाउँपालिकामा पछाडी परेका समुदाय र दलितहरुको उत्थानका लागि आफु लागी पर्ने उनले बताएकी छन । अझै जातियछुवाछुतको सवाल न्युनिकरण गर्न आफ्नो मुख्य भुमिका रहने वताईन् ।
पुस्तौंदेखिको गरिबीका कारणले गर्दा उनीहरुमाथि उठ्न नसकेको अवस्थालाई मुलुकमा आएको ऐतिहासिक परिवर्तन तथा यससँगैको नयाँ संवैधानिक व्यवस्थामा दलितहरुका सवालमा धेरै व्यवस्था गर्न आफु लागिपर्ने बताएकी छन । दलितका सवालहरुको सही कार्यान्वयन हुन नसकेको अवस्थामा हिमाली गाउँपालिकाबाटै त्यसको सुरुवात आफुबाट गर्ने शार्कीले बताएकी छन । अहिले पनि धेरै दतिहरु हलियाको रुपमा काम गरिरहेकाले सो हलियाको समस्या समाधानका लागि आफु लागिपर्ने बताएकी छन ।
पुस्तौंदेखि उत्पीडनमा परेका सवाल, दलित समुदायको गरिवी र बेरोजगारी समस्या समाधन गर्न गाउँपालिकामा गईसकेपछी कार्यबिधी बनाएर रोजगार मुलक कामहरुलाई प्राथमिकता दिने उनले बताईन । चुनावका समयमा मात्र बाँडिने गरेका यस्ता प्रतिवद्धता र आश्वासनलाई व्यवहारमै लागु गरेर देखाउनका लागि आफ्नो उम्मेदवारी उपाअध्यक्षमा रहेको उनले बताएकी छन ।
राजनीतिक दलहरुले निर्वाचनका समयमा दलित लगायत समाजमा पछाडि पारिएका जनताको समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने भन्दै प्रतिवद्धता जनाए तर दलित समुदायको प्रतिनिधीत्व नहुदा जस्ताको तस्तै रहेको सवालहरुको आफुले जितेर गैसकेपछी ति सवालहरुलाई अगी बढाउने उनले बताएकी छन ।
विशेषगरी विपन्न तथा पछाडि पारिएकाहरुको यो विषय निरन्तर सवालकै रुपमा अहिलेसम्म ज्यूँ का त्यूँ देखिने गरेकोले आफ्नो मुख्य उदेस्य पछाडी पारिएका जुनसुकै नागरिकको उत्थानमा लाग्ने उनले बताएकी छन । विपन्नकै कुरा गर्दा पनि त्यसमा दलितहरु नै अग्रपंक्तिमा देखिने गरेकाले दति समुदायको प्रतिनीधित्व हुन जरुरी रहेकोले सो स्थानमा पुग्न सके पाच बर्षमा धेरै गर्न नसकिए पनि त्यस्ता समुदायका नागरिकको मुहारमा उज्यालो छाउन सक्ने कामहरु गर्ने शार्कीले बताएकी छन । उनी भन्छिन्, ‘पछिल्लो समय राजनीतिमा दलित महिला सहभागिता राम्रो छ । सक्रियता र जिम्मेवारीपूर्वक काम गर्यो भने आरक्षण कुर्नुपर्दैन ।’
अघिल्लो स्थानीय निर्वाचनबाट वडामा निर्वाचित दलित महिला सदस्यको संख्या ६ हजार ५ सय ६८ छ । कानुनले कोटातोकेका कारण मात्रै उनीहरूले जनप्रतिनिधि बन्ने अवसर पाएका हुन् । एमाले सचिवालय सदस्य काँशि बिकले भने दलित महिलालाई अघि बढाउन प्रयास गर्दै आएको बताउँछन् । जिल्लामा एक ठाउँमा भएपनि उपप्रमुखमा पदमा दलित महिला उठाउनुपर्ने पाटिको योजना अनुसार सार्कीलाई टिकट दिएको बिक बताउँछन् । ‘तुलनात्मक रूपमा क्षमता भएकालाई अगाडि बढाउने कोसिस गरिएको छ । उहाँहरूलाई जिम्मेवार पद दिनुपर्छ । अघिल्लो स्थानीय चुनावले दलित महिलाको क्षमता अभिवृद्धिसँगै राजनीति अभ्यास, क्षमताको विकास भएको छ ।

चर्चामा

सम्बन्धित समाचार