शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • क्रिकेट
  • आईपीएल : राजस्थान रोयल्स शीर्ष स्थानमा

आईपीएल : राजस्थान रोयल्स शीर्ष स्थानमा

  • बुधबार, बैशाख १४, २०७९
आईपीएल : राजस्थान रोयल्स शीर्ष स्थानमा

काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ।

मंगलबार राति पुनेमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा पुगेको हो ।

राजस्थानले दिएको १ सय ४५ रनको लक्ष्य भेट्न नसक्दा बैंगलोर पराजित भएको हो । उसले १९ ओभर ३ बलमा १ सय १५ रन मात्र जोड्न सक्यो ।

बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३, वानिन्दु हसरंगा १८, साहबाज अहमेदले १७ रन जोड्दा रजत पाटिदरले १६ रन बनाए ।

राजस्थानका कुलदिप सेनले ४ विकेट लिए भने रविचन्द्र आश्विनले ३ र प्रसिद्ध किसनले २ विकेट हात पारे ।

पहिले ब्याटिङ गरेको राजस्थानका रियान परागले ५६, कप्तान सन्जु सामसनले २७ रन बनाउँदा रविचन्द्र आश्विनले १७ रन जोडे । बैंगलोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले दुईदुई विकेट हात पारे ।

जितसँगै राजस्थानले ८ खेलमा १२ अंक जोडेको छ ।
पाँचौं स्थानको बैंगलोरले ९ खेलमा १० अंक बनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार