मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • आइतवार, बैशाख ११, २०७९
गजल!

जो साख्खै हुँन उनैमाथी प्रहार गर्न थाले,
आज दुश्मनको सपना साकार गर्न थाले।

छी यस्तो पनि राजनीतिको नसा हुँदोरैछ,
आफ्नै बिरूद्धमा दुष्टकै उद्धार गर्न थाले।

बाबाले भन्नुहुन्थ्यो राजनीति गर्भमै गर्छौँ,
ए बा आज त छोराले ब्यापार गर्न थाले।

बिक्नेगर्छन भोट किन्छन पैसा हुंनेहरूले,
समाज सेवामा समेत कारोबार गर्न थाले।

चारभाई चारौटै पार्टी एक आर्का बिरोधी,
जन्मिदै सरकारमा जाने हतार गर्न थाले।

जे जस्तो देख्छ उस्तै लेख्छ यो सेते पनी,
राजनीति द्वारा यहाँ अत्याचार गर्न थाले।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार