शुक्रबार, जेष्ठ ४, २०८१

गजल!

  • शनिबार, बैशाख १०, २०७९
गजल!

गलती मानिस बाट हुन्छ त्यो ठुलो कुरा हुंदैन,
अन्जानमै कतै प्रहार भएपनि त्यो छुरा हुंदैन।

दर्शन सास्त्रलाई अध्यान गर्दा हुन्छ भुल पनि,
घटना बाट शिक्षा लिनेहरू कत्ति अपुरा हुंदैन।

अंध्यारोछ भन्दै कोस्दै गर्नुभन्दा दियो जलाउं,
अंधकार चिर्नखोज्ने कहिले पनि मधुरा हुंदैन।

थाहा छ हामी उत्पिडित बर्ग एउटै शन्तान हौं,
जति धाग लगाए पनि बिना बा बा भुरा हुँदैन।

निसेधको निसेध नियम लागु भएपनि दुनिमा,
आमा बा ज्युंदाछन भने त कुनैपनि टुरा हुंदैन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार