सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • सहमति नभएपछि बुढिगंगा काँग्रेसले पठायो ११ जना नगरप्रमुख र ४ जना उपप्रमुखमा

सहमति नभएपछि बुढिगंगा काँग्रेसले पठायो ११ जना नगरप्रमुख र ४ जना उपप्रमुखमा

  • शनिबार, बैशाख १०, २०७९
सहमति नभएपछि बुढिगंगा काँग्रेसले पठायो ११ जना नगरप्रमुख र ४ जना उपप्रमुखमा

बाजुरा — नेपाली काँग्रेस बुढिगंगा नगर कार्यसमितिले नगरप्रमुख र उपप्रमुखको नाम दाबि गरेका सबैको पठाएको छ । काँग्रेस बिद्यान अनुसार पालिका बाट सिफारीस गर्न भनेपनि सहमति गर्न नसकेपछि सबैका नाम पठाएको नगर सभापति जयराज उपाध्यायले वताएका छन् ।
नगरप्रमुखमा गुरुदेब केसी, जयराज उपाध्याय, तपेश रावल, तिलक पुरी, मान बहादुर रावल, योगेन्द्र रावल, रङ्ग खाति, राजेन्द्र शाह, शेर बहादुर खाति, सुरत शाह र हर्क खडायतको नाम सिफारिस गरेको हो । त्यस्तै उपप्रमुखमा तारा खाति, दिव्यश्वरी शर्मा, पुजा खाति र रिता शाहीको सिफारीस गरेको हो ।
नगर सभापति जयराज उपाध्यायले भने पहिला पनि जिल्लामा यीनै नाम पठाएका थियौ, पुन पनि जिल्लामा सबै नाम पठाएको वताए । सहमति पनि भएन्, कसको नाम काट्नु कसैको विबादीत हुन भन्दा त सबै नाम पठाएको उनले वताए ।
जिल्ला कार्यसमितिले प्रदेशमा नगरप्रमुखमा तिलक पुरी र शेर बहादुर खातिको सिफारीस गरेको थियो । त्यस्तै उपप्रमुखमा पुजा खाति र रिता शाहीको सिफारीस गरेको हो । प्रदेशले बिद्यान अनुसार नपठाएको भन्दै पुन पठाउने निर्देशन दिएपनि बुढिगंगाले सहमति गर्न नसक्दा जिल्ला सबै नामावली पठाएको हो ।
नेपाली काँग्रेस बाजुराले प्रदेशमा सिफारीस गरेको उम्मेदवारी प्रक्रिया नपुगेको भन्दै पुन सिफारीस गर्न पत्रचार गरेको थियो । काँग्रेसको बिधान अनुसार उम्मेदवारी सिफारीस नगरेको भन्दै फेरि पालिका स्तर बाट नै सिफारीस गर्न नेपाली काँग्रेस प्रदेश कमिटिले पत्राचार गरेको हो ।
प्रदेशले पत्रचार गरे अनुसार बाजुराको बुढिगंगा, त्रिबेणी, बडिमालिका र बुढिन्नदा आजै बिद्यान अनुसार नगरप्रमुख र उपप्रमुखको सिफारीस जिल्ला कार्यसमितिमा पठाइसक्नु पर्ने रहेको छ ।
नेपाली काँग्रेसले गाउँपालिकाको उम्मेदवारी जिल्लामै टुङ्गो लगाउनु पर्ने भएपनि नगरपालिकाको भने प्रदेशमा सिफारीस गर्नुपर्ने रहेको छ । पालिका बाट नगरप्रमुखमा एकजना महिला सहित तिनजना सिफारीस गर्नुपर्ने बिधानमा रहेको छ ।
पालिका बाट नै बिद्यान अनुसार एकजना महिला पर्ने गरि तिन जना मात्र सिफारीस भएर जिल्ला आउनुपर्ने जिल्ला बाट तिनजना नै प्रदेश सिफारीस गर्नुपर्ने बिद्यानमा छ, तर बाजुरा काँग्रेसले त्यो नगरेकाले पुन पत्रचार गरेको प्रदेशका एक काँग्रेस नेताले वताएका छन् । नेपाली काँग्रेस बाजुरा सभापति रामसिं रावलले मनोमानी सिफारीस गरेको भन्दै देउवा पक्षधर नेता तथा कार्यक्रताले चर्को बिरोध जनाएका थिए । रावलले भने जिल्ला बाट पठाउदा बिद्यान बमोजिम सिफारीस गरेको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार