शुक्रबार, जेष्ठ ४, २०८१

कवीता!

  • बिहिबार, बैशाख ८, २०७९
कवीता!

छोरा म हिंडेको बाटो
अपठ्यारोछ
शंघर्षमय छ
जटीलछ मलाई थाहाछ
तर तिमी हिंड्नु त्यही बाटो
हो म हिंडेको त्यही बाटो!

किन रोजें मैले अपठ्यारो बाटो?
हामी मानिस भएपछि
प्राणि मध्यकै सचेत हौं
राम्रो नराम्रो छुट्याउँनै पर्छ
जसले देश र जनताको हित गर्छ
त्यही पाटो अप्नाउँनु पर्छ।
हो त्यही शंघर्षको मूल बाटो!
तिमी हिंड्नु म हिंडेकै बाटो।

छोरा जिव जन्तुहरू सबै मर्छन,
हामी पनि एकदिन बन्नेहो माटो
जति भागेपनि समस्य हल हुन्न
अनि निरन्तर भाग्छौ तर पनि
आफ्नै अगाडी समस्य उभ्भिनेछ
तगारा पन्छाउँन शंघर्ष गर्नैपर्छ
त्यसैले ठिकछ महिंडेको बाटो।

हो हिंड्नैपर्छ महिंडेको बाटो
निडर भएपछि जित्न सक्छौ,
हिंडेर सत्येको शुनौलो बाटो
यही म हिंडेको यो बाटो।
शुन बल्छ फल्छ हिरा मोती
पछ्याउँनै पर्छ हरेकलाई
म हिंडेको यो बाटो।
पसिना रगत पोखेर पनि
हिंड्नै पर्छ तिमिलाई
म हिंडेको यही बाटो।
शंघर्षको बाटो।
सुरेशकुमार पान्डे।दाङ घोराही१८
देवी भवन नयां बजार!
हाल भारत।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार