मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • साहित्यकार रावलकाे बसन्त मुक्तक संग्रह बिमोचन

साहित्यकार रावलकाे बसन्त मुक्तक संग्रह बिमोचन

  • मङ्लबार, बैशाख ६, २०७९
साहित्यकार रावलकाे बसन्त मुक्तक संग्रह बिमोचन

बाजुरा–जिल्लाको जगन्नाथ गाउँपालिका ६ साविकको गोत्री गाविस मल्लोकाप्री स्थायी घर भएका साहित्यकार जस रावल जिज्ञासुको  बसन्त नामक मुक्तक संग्रह बिमोचन गरिएको छ ।रावलले  मंगलवार आफ्नाे २१ औँ जन्मउत्सवकाे अवसरमा मुक्तक संग्रह बिमोचन गरिएको हो । लामो समय देखि साहित्यमा निरन्तर कलम चलाउदै आएका रावलले पहिलो कीर्तिका रुपमा बसन्त मुक्तक संग्रह बिमोचन गराएका हुन् ।

एक कार्यक्रमका बिच बाजुरा क्याम्पको सभाहलमा  बसन्त मुक्तक संग्रह बिमोचन कार्यक्रम क्याम्पसका प्रमुख सुरेश पण्डितको अध्यक्षतामा सम्पन्न भएको हो । क्याम्पस प्रमुख पण्डितको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती ,मालिका नमुना माबिका प्रधानाध्यापक शुभराज पाध्याय रहेका थिए।  साहित्यका सवै बिधाहरुमा कलम चलाउदै आएका रावल जिल्लामा मुक्तक संग्रह बिमोचन गराउने मध्यको दोश्रो साहित्यकार बनेका छन् ।  उनले आफ्नो पहिलो किर्तिका रुपमा बसन्त नामक मुक्तक संग्रह बिमोचन गराएका छन् । अवका दिनहहरुमा एकपछि अर्को गरि किर्तिहरु प्रकाशन गर्ने तयारीमा रहेको पनि रावलले बताए ।

रावलले यस अघि किर्तिहरु प्रकाशन नगरे तापनी उनका साहित्यिक रचनाहरु अनलाइन मिडिया तथा पत्र पत्रीकामा भने छ्याप छ्यापी प्रकाशन भैसकेका छन् । उक्त बसन्त नामक मुक्तक संग्रहको प्रकाशन साहित्यका सुरेन्द्र शाही गुलाफ कान्छोले गरेका छन् । बसन्त मुक्तक संग्रहका प्रकाशक एवम साहित्यकार सुरेन्द्र शाही सुरेन्द्र शाही गुलाफ कान्छोका अनुसार मुक्तक संग्रह मार्फत लेखकले आफ्नो जिन्दगीको भोगाइलाई मात्र नभई समाजका अन्य जनसमुदायले भोग्दै आइरहेको अथार्त अनि वास्तविक घटनाहरुलाई मुक्तक मार्फत प्रस्तुत गर्न खोजिएको बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती तथा मालिका नमुना मा . बि का प्राचार्य शुभराज पाध्यायले लेखक रावललाई जन्मदिनको शुभकामना दिनुका साथै बधाई समेत दिए । प्राचार्य पाध्यायले संयोगले लेखकको जन्म पनि बसन्तमा नै भएको र मुक्तक संग्रह पनि बसन्त नामक नै प्रकाशनले पछिल्लो समयमा साहित्य प्रतिको रुचि नयाँ साहित्यिक सर्जकहरुमा बढ्दै गएको आफुले महसुस गरको बताउदै बाजुराको साहित्यमा थप इटाहरु थपिदै गएको  बताए । मुक्तक संग्रह बिमोचन कार्यक्रम संगै लेखकले बाजुरा क्याम्पसमा बृक्षरोपण समेत गरेका छन् ।

बाजुरा क्याम्पसको आयोजनामा  संचालन गरिएको कार्यक्रममा सुदूरशाहित्य प्रतिष्ठान बाजुराका सचिव कृष्ण ओली, उपाध्यक्ष प्रमिला थापा, साहित्यकार सुरेन्द्र शाही क्याम्पसका प्राध्यापकहरु, पत्रकार,क्याम्पसका विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको कार्यक्रमको संचालन मालिका माविक शिक्षक उत्तम जोशीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार