मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गद्य कविता- ‘किन छैन संभव ?’

गद्य कविता- ‘किन छैन संभव ?’

  • मङ्लबार, बैशाख ६, २०७९
गद्य कविता- ‘किन छैन संभव ?’

नयाँ सोच
नयाँ उमंग
नयाँ संकल्प
नयाँ योजना
नयाँ जोशजागर
नयाँ कामकार्य
नयाँ शैलीबाट
नयाँ वर्षसँगै गरौं थालनी
आजैबाट आफ्नो मैलो मन उज्यालो पारेर
तमाम मनमुटुसँग जोडिदै अघि बढौं
हर राम्रा कामको थालनी गरौं ।
जसले व्यक्ति, समाज र राष्ट्रलाई अहित हुन्छ
हो, त्यही काम त्यागौं आजैबाट
बन्द गरौं त्यस्ता कुकार्य
र,
थालनी गरौं नयाँ कार्यको
जसले व्यक्ति बदलिन सक्छ
यो समाज बदलिन सक्छ
समग्रमा हाम्रो यो राष्ट्र बदलिन सक्छ ।
नराम्रा आनीबानीलाई जाकिदिउँ
पुरानै वर्षको कालकोठरीमा
हल्लाइ दिउँ विदाईका हात
कुसंस्कारी कुकार्यहरूलाई ।
स्वागत गरौं हितकारी कामकार्यलाई
समाजसेवालाई, विकास र पूर्वाधारलाई ।
आजैबाट छोडौं
अरुका प्रगतिशील यात्राका खुट्टा तान्न
बरु जुटौं सबै गन्तव्यमा पुग्ने बाटो खन्न
सिकाइ गर्नुपर्ने कुरा हिजोबाट सिकौं,
आफुभन्दा सानोबाट सिकौं,
ठुलोबाट सिकौं,
सिकाउनेबाट सिकौं,
नसिकाउनेबाट सिकौं,
रिसाउनेबाट पनि सिकौं
हातमा हात मिलाएर
काँधमा काँध मिलाएर
हामी सारा नेपाली अघि बढ्यौं भने
किन छैन संभव ?
समंभव छ ।
हो त्यसैले आउनुहोस्
हामी सबै प्रतिज्ञा गरौं
वाचाकसम खाउँ
कुनै पनि जातजाति, वर्ग, लिङ्ग
भाषाभाषी र धर्मको विरोध होइन
समर्थन गर्न, संस्कृतिको जगेर्ना गर्न
जस्तोसुकै मूल्य चुकाउन तत्पर
हुनेछौं भनेर कसम खाउँ ।
अनि आफै बजिहाल्छ शान्तिको विगुल
लम्किहाल्छ देश समृद्धिको बाटो
अब सोच बदलौं
नितान्त नौलोपनको लागि
यो नयाँ वर्षसँगै, नौलो सालसँगै ।

✍️सुरेन्द्र शाही ‘गुलाब कान्छो’

चर्चामा

सम्बन्धित समाचार