शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • केपी शर्मा ओलीलाई बडिमालीका र बुढीनन्दाको तस्वीर उपहार

केपी शर्मा ओलीलाई बडिमालीका र बुढीनन्दाको तस्वीर उपहार

  • शनिबार, बैशाख ३, २०७९
केपी शर्मा ओलीलाई बडिमालीका र बुढीनन्दाको तस्वीर उपहार

बाजुरा — अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीका अध्यक्ष धर्मराज तिमिल्सीनाले बाजुराको पवित्र धार्मिक तथा पर्यटकिय तीर्थस्थलको तस्वीर नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहार दिएका छन।   अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीका अध्यक्ष  धर्मराज तिमिल्सीनाको अध्यक्षतामा, नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा अनेरास्ववियु इन्चार्ज  माधव ढुंगेल प्रमुख अतिथी थिए, अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीका अध्यक्ष धर्मराज तिमिल्सीनाको अध्यक्षतामा जनप्रशासन क्याम्पस प्रांगणमा अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले राखेको झण्डा फहराएर प्रमुख अतिथि माधव ढुंगेलले कार्यक्रम उद्घाटन गरेका थिए।

No description available.
२०७९ को आगमन लाई स्वागत गर्दै नयाँ वर्षको शुभकामना दिन बाल्कोट पुगेको अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले आफुले प्रकाशित गरेको जनप्रशासन अखिल आवाज, जनप्रशासन अखिल डायरी  बाजुराको पवित्र धार्मिक तथा पर्यटकिय तीर्थस्थलको तस्वीर नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहार दिएकाे कमिटीका अध्यक्ष धर्मराज तिमिल्सीनाले बताएका छन।

No description available.

चुनाव नजिकिदै गरेकाे अवस्थामा  यसरी पवित्र धार्मिक तथा पर्यटकिय स्थलको फोटो उपहार दिनुको एउटा कारण प्रचार-प्रसार नै हो, बाजुरा चिनाउनु नै हो र अर्को कारण पार्टीले यसरी ओझेलमा परेका क्षेत्रहरुमा नजर पुगाउन सकोस र चुनावी एजेण्डाहरुमा समेटियोस भन्ने रहेको कमिटीका अध्यक्ष  तिमिल्सीनाले बताए।

No description available.
अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष तथा बाग्मति प्रदेश इन्चार्ज  उमेश आचार्य विषेश अतिथी, क्याम्पस प्रमुख हरिभक्त शाही, जनप्रशासन केन्द्रिय विभाग प्रमुख यशोदा काफ्ले, नेकपा एमाले स्कुल विभागका सदस्य  वाइपि आचार्य, अनेरास्ववियु सचिवालय सदस्य तथा कार्यालय विभाग उपप्रमुख  संजिव धिताल, अनेरास्ववियु सचिवालय सदस्य तथा संगठन विभाग उपप्रमुख  संगम अर्याल, अनेरास्ववियु सचिवालय सदस्य  राजेन्द्र गजुरेल, पब्लिक युथ क्याम्पस कमिटीका अध्यक्ष लक्ष्मण दुलाल, ग्रामिण बहुमुखि क्याम्पस कमिटी अध्यक्ष लक्ष्मण तिमिल्सीना, अमृत साइन्स क्याम्पस कमिटीका अध्यक्ष  रूद्रहरी पोखरेल, सानोठिमी क्याम्पस कमिटीका अध्यक्ष सरोज बोहोरा आतिथ्यतामा नयाँ वर्षको शुभकामना आदान प्रदान, नव आगन्तुक विद्यार्थीलाइ स्वागत, जनप्रशासन अखिल डायरी र जनप्रशासन अखिल आवाज जर्नल विमोचन, लोकसेवा आयोगको विभिन्न पदमा नाम निकाल्न सफल विद्यार्थीलाइ सम्मान, तथा विदाइ कार्यक्रम सम्पन्न भएको थियो।

No description available.

चर्चामा

सम्बन्धित समाचार