मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बडिमालिका
  • निर्बाचन आचार संहिता पालना गर्न जिल्ला प्रशासन कार्यालय बाजुराको अनुरोध (बिज्ञप्ति सहित )

निर्बाचन आचार संहिता पालना गर्न जिल्ला प्रशासन कार्यालय बाजुराको अनुरोध (बिज्ञप्ति सहित )

  • मङ्लबार, चैत्र २९, २०७८
निर्बाचन आचार संहिता पालना गर्न जिल्ला प्रशासन कार्यालय बाजुराको अनुरोध (बिज्ञप्ति सहित )

बाजुरा — बैसाख ३० मा हुने स्थानीय तहको निर्वाचनको तयारीका जिल्ला प्रशासन कार्यालय बाजुराले आचार सहिंता लागु गर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले मंगलबार एक बिज्ञप्ती जारी गर्दै आचार संहिताको पालन गर्न अनुरोध गरेको हो ।
देश भर हुने आगामी ३० गतेको स्थानीय निर्वाचन२०७९ लाई स्वच्छ ,स्वतन्त्र ,निष्पक्ष विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरोकारवाला सबैको जिम्मेवारी रहने प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेलको हस्ताक्षेरीत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्थानीय निर्वाचनको आचार संहिता र जिम्मेवारी लिएका सरोकारवालाहरुले २०७८ चैत २५ गते बाट लागुहुने गरि जारि भएको निर्वाचन २०७८ बमोजिमकोे आचारसंहिता कार्यन्वयनमा सबैले ध्यान दिन अनुरोध गरिएको छ ।
देश भर हुने स्थानीय निर्वाचनको सन्दर्भमा बाजुरा जिल्लामा सस्तो लोकप्रियता एवंम राजनितिक अभिष्ट पुरा गर्ने उदेश्यले राहत संकलन गर्ने, बिवरण तथा अनुदान संकलन गर्न नहुने बिज्ञप्तिमा उल्लेख गरिएको छ । उल्लेखित नियम सर्तहरु तथा सहमति प्रतिकुलका कार्यहरु भए गरेको देखेमा कानुन बमोजिम कार्वाही गर्ने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकोे छ ।

No description available.

 

चर्चामा

सम्बन्धित समाचार