शुक्रबार, जेष्ठ ४, २०८१

गजल!

  • मङ्लबार, चैत्र २९, २०७८
गजल!

उज्वल भबिस्यको लागी बाटो राम्रो हुँनुपर्छ,
उब्जाउ हुंने भुमीमा पनि माटो राम्रो हुँनुपर्छ।

हुन त सबै जन्मिएका मिसिने माटोमै होला,
तर पनि मुर्दा पोल्ने त्यो घाटो राम्रो हुँनुपर्छ।

सिङ्गार बटार गर्दैमा मात्र राम्रो भइदैन कोही,
बोली ब्यबहारनै त्यसको साटो राम्रो हुँनुपर्छ।

जिवन त मागेर चोरेरपनि गुज्रिन्छ मान्छेको,
सके सम्म आफ्नो एउटा पाटो राम्रो हुनुपर्छ।

कत्ति चाहिंदैन बांच्नका लागि बिदेशी खाना,
तागत लाग्ने गुन्द्रुक सँग आटो राम्रो हुँनुपर्छ।

ठक्कर नखाएको मान्छे नढालेको मकै जस्तै,
मान्छे बन्न त संच्चै पुरानो खाटो राम्रो हुँनुपर्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार