• होमपेज
  • देश
  • वैज्ञानिकले बनाए अँध्यारोमा रंगीन फोटो खिच्ने क्यामरा

वैज्ञानिकले बनाए अँध्यारोमा रंगीन फोटो खिच्ने क्यामरा

  • सोमवार, चैत्र २८, २०७८
वैज्ञानिकले बनाए अँध्यारोमा रंगीन फोटो खिच्ने क्यामरा

काठमाडौं — मानिसमा कुकुर तथा माहुरीमा जस्तो घ्राण शक्ति हुँदैन, न त चमेरोको जस्तो श्रवण शक्ति । तर मानिसमा देख्ने क्षमता भने अब्बल हुन्छ । यति हुँदा पनि मानिसमा अँध्यारोमा देख्ने क्षमता भने हुँदैन । साथै परावैजनी र इन्फ्रारेड किरणमा पनि मानिसले देख्दैन ।

अँध्यारोमा देख्न नसक्ने मानिसको यहीँ अक्षमतलाई दूर गर्नका लागि अमेरिकी वैज्ञानिकहरुले यस्तो क्यामरा विकसित गरेका छन् जसले घोर अँध्यारोमा समेत रंगीन तस्वीर खिच्न सक्दछ ।

AI camera takes color photo in dark

युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरुले आर्टिफिसियल इन्टेलिजेन्सयुक्त क्यामराको निर्माण गरेका हुन् । यसले पूर्ण अँध्यारोमा समेत रंगीत तस्वीर खिच्न सक्दछ ।

AI camera takes color photo in dark

एीइक् इल्भ् जर्नलमा प्रकाशित रिपोर्ट अनुसार कतिपय नाइट भिजन सिस्टमले इन्फ्रारेड प्रकाशको उपयोग गर्दछन् जुन मानिसले देख्न सक्दैन । यसका तस्वीरलाई प्रशोधन गरी डिजिटल डिस्प्लेका लागि लायक बनाइन्छ । उक्त क्यामराले खिच्ने तस्वीर मोनोक्रोम्याटिक तस्वीर हुन्छ र त्यसलाई आँखाले देख्न सकिने प्रकाश तरंगको अनुसार ढालिन्छ ।

AI camera takes color photo in dark

शेधकर्ताहरुले जुन क्यामरा विकशित गरेका छन् त्यसले भने आफ्नो एल्गोरिदमका कारणले रातको अँध्यारोमा पनि तस्वीर खिच्न सक्दछ । वैज्ञानिकले यसका लागि विशेष प्रकारको आर्टिफिसियल इन्टेलिजेन्स विकसित गरेका छन् जसले न्युरल नेटवर्कले जस्तै काम गर्दछ । यो एक डिप लर्निङ एल्गोरिदम हो जसले मानिसको मस्तिष्कको सिकने प्रक्रियाको आधारमा काम गर्दछ ।

मनिसको दिमागले इन्फ्रारेड तरंग र आँखाले देख्न सकिने रेन्जका प्रकाश तरंगलाई अलग गरेर यो निर्णय गर्दछ कि के चिज देखिएको छ र के देखिएको छैन । यो क्यारमले पनि सोही काम गर्दछ । अनुसन्धानकर्ताहरुका अनुसार उनीहरुले तयार पारेको क्यामराले तिव्र गतिमा सटिक तस्वीर खिच्न सक्दछ । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार