• होमपेज
  • छुटाउनु भयो कि?
  • अछाममा स्वास्थ्य चौकीको ‘फ्रिज’भित्र बियर भेटिएपछि…

अछाममा स्वास्थ्य चौकीको ‘फ्रिज’भित्र बियर भेटिएपछि…

  • शुक्रबार, जेष्ठ ३२, २०८१
सेयर गर्नुहोस् :
अछाममा स्वास्थ्य चौकीको ‘फ्रिज’भित्र बियर भेटिएपछि…

अछाम—अछामको एक स्वास्थ्य चौकीमा फ्रिजभित्र बियरका बोतल भेटिएका छन्।

कमलबजार नगरपालिका–९ मस्टाबण्डालीस्थित स्वास्थ्य चौकीको औषधी राख्ने फ्रिजभित्र बियरहरु भेटिएका हुन्। जसमा तीनवटा बियरका बोतल फेला परेको बताइएको छ। स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको पनि स्थानीयको भनाई छ।

सोही थाहा पाएर स्थानीयले छड्के अनुगमन गर्ने क्रममा फ्रिजभित्र ३ बोतल बियर देखेपछि भिडियो बनाएर सार्वजनिक गरेका थिए। त्यहाँका वडाध्यक्ष कमल भण्डारीले भने फ्रिजमा बियर राख्नेलाई छानबिन गरेर कारबाही गर्ने जनाएका छन्।

चर्चामा

सम्बन्धित समाचार