शुक्रबार, जेष्ठ ४, २०८१

गजल!

  • सोमवार, चैत्र २८, २०७८
गजल!

हिंजो जसले निर्दोशको काल गरायो,
नागरीक लाई सदियौं वे हाल गरायो।

बिश्नुको औतार ठानेर आफुले आफै,
देशलाईनै जनमजात कंगाल गरायो।

कसरी भुले जनताले शहिदको लाश,
उसैले गृहयुद्ध देशमा उछाल गरायो।

नमानो न छानो गरिबभए घर न घाट,
पञ्चेहरूले न चामल न दाल गरायो।

कहिले थिएन देशमा भ्रष्टचार भनौ त,
कुहेको जापानी मकैलाई ढाल गरायो।

त्यसैलाई ढाल्न शहिद नै भए हजारौं
अहिले त बहुदलले उस्तै चाल गरायो।

पठाएर युवा शक्ति बली चढाउँन सधै,
छिमेकीलाई उसैले माला माल गरायो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार