बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • उम्मेदार बन्न आफन्तको नाममा ठेक्का पट्टा नामसारी गर्दै बाजुराका ठेकेदार

उम्मेदार बन्न आफन्तको नाममा ठेक्का पट्टा नामसारी गर्दै बाजुराका ठेकेदार

  • आइतवार, चैत्र २७, २०७८
उम्मेदार बन्न आफन्तको नाममा ठेक्का पट्टा नामसारी गर्दै बाजुराका ठेकेदार

बाजुरा — निर्बाचान आयोग नेपालले  स्थानिय तहको उम्मेद्धार बन्न स्थानिय तहको ठेक्कापट्ठा तथा चल अचल सम्पति सम्बपन्धी ब्यवहारमा संलग्न नरहेको हुनुपर्ने नियम पछि बाजुराका १२ जना ठेकेदारहरुले आफ्नो नाममा रहेको ठेक्काको फर्म आफन्तको नाममा नामसारी गरेका छन ।
०७८ चैत्र १६ गत निर्बाचन आयोग नेपालका प्रबक्ता शालिग्राम शर्मा पौडेलद्धारा हस्ताक्षेरित प्रेस बिज्ञप्तीको मा उक्त कुरा उल्लेख पछि बाजुराका ठेकेदारहरुले आफन्तको नामसारी गर्न लागि परेछन् ।
१२ जना मध्य सबै भन्दा बढी बुढीनन्दा नगरपालिकाबाट रहेका छन । जसमा ६ जनाले आफन्तको नाममा नामसरी गरेका छन् भने । हिमाली गाउपालिकाबाट २ जना, बुढीगंगाबाट १ जना, जगन्नाथबाट १ जना र गौमुलबाट १ जनाले आफन्ताको नाममा नामसारी गराएका छन् । नामसारी दिनेमा दिब्यश्वरी निर्माण सेवा बुढिनन्दा नगरपालिका २ का प्रोप्राईटर अंगलाल जैशीले प्रकाशराज रेग्मीको नाममा नामसारी गरेका छन । अंगलाल जैशी बुढीनन्दा नगरपालिका २ नेपाली काँग्रेशबाट वडा अध्यक्षका आकाक्षी रहेका छन् । दिपशन कन्स्ट्रक्सन एण्ड सप्लार्यस बुढिनन्दा १ का दयाराम पाण्डेले श्रीमती शुसिला आचार्यको नाममा नामसारी गरेका छन । दयाराम पाण्डे बुढीनन्दा नगरपालिका १ बाट नेपाली काँग्रेशको तर्फबाट वडा अध्यक्षको आकाक्षि रहेका छन् ।
त्यस्तै बुढिनन्दा नगरपालिका १ का बर्तमान वडाअध्यक्ष नृपराज खत्रीको नाममा रहेको लोकमणी कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स नामको फर्म छाेरी नेत्रु खत्रीको नाममा सारेका छन । नृपराज खत्री पुन नेपाली काँग्रेशबाट वडा अध्यक्षको उम्मेद्धारी बन्ने आकाक्षा राखेका छन् । त्यसै गरी दिनेश निर्माण तथा अर्डर सप्लायर्स कन्स्ट्रक्सन बुढिनन्दा नगरपालिका १ का सुन्दर बिष्टले छाेरा उत्तम बिष्टका नाममा नामसारी गरेका छन् । सुन्दर बिष्ट नेपाली काँग्रेशको तर्फबाट जगन्नाथ गाउँपालिकाकाे अध्यक्षमा उमेद्धारी आकाक्षी रहेका छन । बिष्ट ०७४ सालको स्थानिय तहको निर्बाचनमा पराजय भएका हुन ।
हिमाली गाउँपालिका ४ का छत्रबहादुर मल्लको नाममा रहेको छत्र कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स श्रीमती रंगसरा मल्लको नाममा नामसारी गरेका छन् । छत्रबहादुर मल्ल ०७४ सालको स्थानिय तहको निर्बाचनमा नेपाली काँग्रेश सर्मथक थिए, भने २०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनमा हिमाली गाउपालिका ४ बाट नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा उम्मेद्धरा रहने मनसाय राखेका छन् । त्यसै गरी मितज्यू कन्स्ट्रक्सन एण्ड सप्लार्यसका प्रो प्राईटर समेत रहेका गौमुल गाउँपालिका बर्तमान अध्यक्ष हरिबहादुर रोकायाले भाई अर्जुन रोकायाको नाममा फर्म नामसारी गरेका छन् । रोकाया पुन गौमुल गाउपालिकाको अध्यक्षमा दोहोरीने आकाक्षा राखेका छन् ।
जगन्नाथ गाउँपालिका अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष कालिबहादुर शाहीको नाममा रहेको पुर्णा निर्माण सेवा छोरा जीवन शाहीको नाममा नामसारी गराएका छन । शाही पुन जगन्नाथ गाउपालिकाको अध्यक्षमा दोहोरीने आकाक्षामा रहेका छन् । हिमाली गाउँपालिका ७ का मया प्रसाद तिमिल्सेनाको नाममा चलाउदै आएको एम पी तिमिल्सेना समाज निमार्ण सेवा नामको फर्म काका गुरुप्रसाद पाध्यायको नाममा सारेका छन् । मया तिमिल्सेना नेकपा एमाले बाट वडा अध्यक्षका आकाक्षी रहेका छन्, तिमिल्सेना ०७४ सालको स्थानिय तहको निर्माचनमा पनि एमालेबाट पराजय भएका थिए ।
त्यसै गरी बुढिगंगा नगरपालिका ७ का नेपाली काँग्रेश बाजुराका सचिब तिलकराज पुरीको नाममा रहेको ओम शान्त्ति निर्माण सेवा भतिजा निर्मल शाहको नाममा नामसारी गरेका छन । सचिब पुरी नेपाली काँग्रेशको तर्फबाट बुढीगंगा नगरपालिकाको मेयरका आकाक्षी रहेका छन् ।
त्यसै गरी बुढिनन्दा नगरपालिका ६ का अँगकुमार रावतको नाममा रहेको भैरव कन्स्ट्रक्सन एण्ड निर्माण सेवा श्रीमती निर्मला बुढाको नाममा नामसारी गरेका छन । अंगकुमार रावत नेपाली काँग्रेशको तर्फबाट वडा अध्यक्षका आकाक्षि रहेका छन् ।
बुढिनन्दा नगरपालिका ५ का वडा अध्यक्ष समेत रहेका कृष्णराज पाध्यायको नाममा रहेको विवि कन्स्ट्रक्सन एण्ड अर्डर सप्लार्यस बडिमालिका नगरपालिका ९ की कृष्णा कुमारी तिमिल्सेनाको नाममा नामसारी गरेका छन् । कृष्णराज पाध्याय बुढीनन्दा नगरपालिकामा नेपाली काँग्रेशको तर्फबाट नगर प्रमुखको आकाक्षि रहेका छन् । त्यसै गरी त्रिबेणी नगरपालिका ८ का उद्धवबहादुर थापाको नाममा रहेको मौरे कन्स्ट्रक्सन र्फम श्रीमती मना थापाको नाममा नामसारी गरिएको छ । उद्धब बहादुर थापा नेपाली काँग्रेशबाट वडा अध्यक्षको आकाक्षि रहेका छन् ।

 

चर्चामा

सम्बन्धित समाचार