आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • अनेरास्ववियू क्रान्तीकारी बाजुराद्धारा एक बुथ एक क्रान्तीकारी युनिट गठन

अनेरास्ववियू क्रान्तीकारी बाजुराद्धारा एक बुथ एक क्रान्तीकारी युनिट गठन

  • शुक्रबार, चैत्र २५, २०७८
अनेरास्ववियू क्रान्तीकारी बाजुराद्धारा एक बुथ एक क्रान्तीकारी युनिट गठन

बाजुरा — नेकपा माओबादी निकट अनेरास्ववियू क्रान्तीकारी बाजुराद्धारा एक बुथ एक क्रान्तीकारी युनिट गठन गरेको छ । शुक्रबार अनेरास्ववियू क्रान्तीकारी बाजुराको दोस्रो बैठकद्धारा एक बुथ एक क्रान्तीकारी युनिट गठन गरेको हो ।
स्थानीय तहको निर्बाचानलाई भयबित र निश्पक्षरुपमा निर्बाचान गराउन अनेरास्ववियू क्रान्तीकारी बाजुराले सो अभियानका साथ युनिट गठन गरीएको जनाएको छ । त्यसै गरी सुक्रबार सम्पन्न बैठकले एक महिने संगठन बिस्तार अभियान संगै संगठन सुदृढिकरण अभियान समेत संचालन गर्ने जनाएको छ । सम्पुणर् शक्ति निर्बाचनमा केन्द्रीत हुन आह्वन गर्नका लागि बैशाख पहिलो सातासम्म पालिका सबै कमिटिको बैठक गरिसक्नुपर्ने लगायत का निणर्य गरिएको अनेरास्ववियू क्रान्तीकारी बाजुराले जनाएको छ ।
अनेरास्ववियू क्रान्तीकारी बाजुराका जिल्ला अध्यक्ष खेमराज साउँदको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्बाचानलाई लक्षित गर्दै सो निणर्य गरेको अध्यक्ष साउदले बताएका छन ।
अनेरास्ववियू क्रान्तीकारीका सुदुर पश्चिम प्रदेश कमिटि अध्यक्ष दिपक कुमार डिसीको प्रमुख आथित्यमा संचालन भएको सो कार्यक्रममा बिशिष्ठ अतिथि नेकपा माओबादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटि सदस्य तथा बाजुरा जिल्ला सह ईन्र्चाज महेश शाही रहेका अनेरास्ववियू क्रान्तीकारीले जनाएको छ ।
अतिथिमा अनेरास्ववियू क्रान्तीकारीका सुदुर पश्चिम प्रदेश कमिटिका उपाअध्यक्ष गोकुल बिश्वकर्मा र केन्द्रीय सदस्य पारस बुढा, वाईसिएल केन्द्रीय सदस्य निर्मला बिष्ट, प्रदेश कमिटि सदस्य नर बहादुर बुढा र जिल्ला सचिव वलवान धामीको उपस्थिती रहेको अनेरास्ववियू क्रान्तीकारी बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार