सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथको ६ नं. वडामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना

जगन्नाथको ६ नं. वडामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना

  • शुक्रबार, चैत्र २५, २०७८
जगन्नाथको ६ नं. वडामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना

बाजुरा — जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ६ को काटियामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । वडा नं. ६ मा स्थापना गरिएको सामुदायिक स्वास्थ्य केन्द्रको शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले उद्धघाटन् गरेका छन् ।

यस अघि गाउँपालिकाको १० औं गाउँ सभाबाट वडा नं. ६ का स्थानीयहरुको स्वास्थ्य समस्यालाई मध्येनजर गर्दै वडामा सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गर्ने निणर्य गरेको थियो ।वडामा सामुदायिक स्वास्थ्य स्थापना भएपछि तल्लो काप्रि, पाल्तेबाडा, बैशारुख, सियालि र माथिल्लो काप्रि टोलका विरामीहरुले सेवा लिन पाउने भएका छन् ।
स्वास्थ्य केन्द्र स्थापना पछि त्यहाँका नागरिकहरुलाई ३ जना स्वास्थ्यकर्मीले सेवा दिने गाउँपालिकाले जनाएको छ । यस अघि गाउँमा सामान्य विरामी हुँदा त्यहाँका नागरिकहरुले घण्टौं पैदल दुरी हिँडेर गाउँपालिकाको जुड्डी अस्पताल र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रसम्म गएर उपचार गर्नुपर्ने बाध्यता थियो । पहिलो पटक स्वास्थ्यकर्मी सहित स्वास्थ्य केन्द्र स्थापना भएर संचालनमा आएपछि स्थानीयलाई सहज भएको छ ।

चर्चामा

सम्बन्धित समाचार