मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • बिहिबार, चैत्र २४, २०७८
गजल!

मान्छे बाट भूल हुन्छ सुधार हुनुपर्छ,
सबैजात जातीहरू एकसार हुनुपर्छ।

यतिका बिभेद किन गर्छौ आपस मा,
एक आर्कासँग सदियौं प्यार हुनुपर्छ।

मानिसलाई फेरेपनि उस्तैछ ब्यबस्था,
सबैले बदल्नै पर्ने त भ्रष्टचार हुनुपर्छ।

एउटैबर्ग र एउटै उदेश्य होभने हाम्रो,
मित्राता जस्तै हाम्रो ब्यबहार हुनुपर्छ।

परदेशमा हामी फुटेर हुनेछौँ कम्जोर,
हाम्रो बिच एकता नै औजार हुनुपर्छ।

सधैभरी फुटले हामी कमजोर भयौं,
अब हाम्रो एकतामा निखार हुनुपर्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार