मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • पुँजीवादी गणतन्त्रभित्र (गजल)

पुँजीवादी गणतन्त्रभित्र (गजल)

  • शनिबार, चैत्र १९, २०७८
पुँजीवादी गणतन्त्रभित्र (गजल)

किन्छन अनि पैसामा बिक्छन खोट उनैमा हुन्छ,
पुँजीवादी गणतन्त्रभित्र देखिने भोट उनैमा हुन्छ।

थाहाहुनेछ जनता उन्ले दिएको कयौं गुना लिंदा,
यो ब्यबहारले लाग्ने पछि ठुलो चोट उनैमा हुन्छ।

आफ्नो स्वाभिमान बेचे पछि ग्वार्छौ क कसलाई,
बिक्दैनन अस्तित्व जोगाउने अठोट उनैमा हुन्छ।

श्रमजीवीहरू परिश्रम गरेरखान्छौ गरिबहरू सबै,
हामिले खाने पसिनाको मिठास रोट उनैमा हुन्छ।

जो जोले धन बांटेर भोट किन्न खोज्छन बुझ्नोस,
ती दलाल र भ्रष्टचारीहुन बांट्ने नोट उनैमा हुन्छ।

चर्चामा

सम्बन्धित समाचार