आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आखिर त्यस्तो क्रान्तिकारीकोछ देशमा?

आखिर त्यस्तो क्रान्तिकारीकोछ देशमा?

  • बिहिबार, चैत्र १७, २०७८
आखिर त्यस्तो क्रान्तिकारीकोछ देशमा?

सुरेशकुमार पान्डे — एउटा लेखलाई अध्यायन गर्दा अलिवेर सोंचे अनि नेपालमा भएका कम्युष्ट पार्टीहरूको पनि सरसर्ति अध्यायन गर्ने प्रयास पनि गरें तर त्यो लेखमा भनेजस्तो
क्रान्तिकारी पार्टी भने कतै देखापरेनन्।लेखमा भनिएकोछ “क्रान्तिकारी पार्टीहरूले धुर्वीकर्ण गर्ने र एकता गर्ने,अनि त्यो क्रान्तिकारी पार्टीहरूको बिचमा एकता गर्न अब कत्ति ढीला नगर्ने।”माथिको कुराले प्रष्ट पारेकोछ उंहालाई त्यो क्रान्तिकारी पार्टी थाहाछ जो सँग उंहाहरूले एकाता गर्न चाहानु भएकोछ।सांच्चै भन्दा क्रान्तिकारी पार्टी भए त शंयुक्त मोर्चानै किन गर्नुपय्रो बिलय भएपनि त के बिग्रन्छ?आखिर गर्न खोजेको त क्रान्तिनै हो।
कति राम्रो कुरा गर्नुभयो कामरेडले मलाई धेरै खुसी लाग्यो।आखिर नेपालमा क्रान्तिकारीहरूको बलियो एकता न हुंदासम्म नौलो जनवादी क्रान्तिको लागी नसोंचेपनि हुन्छ।उंहाको बिचारमा ने कपा मसालले चुनावप्रस्त बाटो अप्नायेर त्यो दक्षिण पन्थि दिशामा भाषियो।
अब देशमा अलि छिट्टै एकता गर्ने खालका क्रान्तिकारी पार्टी भनेको चुनाव बहिस्कार गर्ने वाला हुँन वा चुनावलाई न उपयोग न बहिस्कार गर्नेवाला कस्ता खाले कम्युनिष्ट संग एकता हुनसक्छ यो भने भन्नु भएन कामरेडले त्यो पनि भन्दिएकोभए राम्रो हुनेथियो हामिलाई पनि बुझ्ने मौका मिलथ्यो कि आखिर देशमा उंहाले भनेको क्रान्तिकारी पार्टी कुनरहिछ।
मैले उँहाले लेखेका लेखहरू भेटाएका जति पढ्ने कोसिश गर्छु किन भने मलाई उंहाका लेख राम्रा र बस्तुबादी हुन्छन भन्ने लाग्छ।वा उंहा सँग मेरो हाम्रो भावनात्मक समबन्ध ताजैछ त्यो भन्दा पनि बर्गिय मायां त छंदैछ।
नेकपा मसालमा हुँनेवेला हामिहरूले उंहाका लेखहरूलाई शयुँक्त रूपमा अध्यायन गरेर छलफल गर्ने प्रयास गर्थौं।एक त उँहाले असमानताको बिरूद्धमा राम्रो लेखहरू पस्किनु हुन्थ्यो र हामिलाई लाग्थ्यो दलित आन्तोलनलाई उठाउँन सक्ने मध्यको ब्याक्ती उंहानै हुंनुहुन्छ।भबिस्यको थाहा हुंदैन बुढौरीहरूको अनुउपस्थिमा क्रान्तिकारी आन्दोलनलाई हांक्ने मध्यका एकजना उंहालाई पनि मैले देखि रहेको थिएं।
हाम्रो युवक मोर्चा देखी लिएर अन्य क्रायक्रमहरूमा पनि धेरै नजिक बाट उंहाका बिचार सुन्ने र ब्यबहारबुझ्ने अवसर पाएं र अध्यायन गर्ने मौका मिल्यो।मलाई किटान नै गरेर भन्नुपर्दा रामसिहँ पछि मेरो बिस्वासिलो मित्र उंहानै हुनु हुनथ्यो।अहिले पनि उंहाका लेख रचनाहरूलाई मैले सके दोहोराई नभय एकफिटिक त पढेकै हुन्छु।
हाम्रो एकता समाजको त्यो वेलाका सभापती पछी बढी प्रिय मध्यका नेता पनि उंहानै हुनुभयो।त्यसकारणले हाम्रो भावनात्मक सम्बन्ध हुंनु स्वभाबिकहो।
धेरै जसो सामाजिक संगठनमा काम गर्ने साथिहरूलाई पार्टी भित्रको गतिबिधी त्यती छिटो जानकारी हुँदैन थ्यो पार्टीमा काम गर्ने नेताहरूलाई कार्वाहीमा परेपछी बल्ल पत्रपत्रिकाको माध्यायम बाट समाचारहरू आएपछी थई त्यस्ता नेताहरूलाई किन कार्वाही भएहोला भनेर सोध्ने र खोज्ने गरिनथ्यो।अहिले भने मिडियाहरूले गोप्य सर्कूलर जस्ता चिजलाई समेत ल्याउँन थाल्यो कस्लाई किन कार्वाहि भयो भनेर अब खोज्नै नपर्ने भयो।यो अलि सम्बेदनसिल परिस्थिती पनिहो।
एउटा क्रान्तिकारी पार्टीको नेता त्यो पार्टीको अनुसाशनमा रहनै पर्छ भन्नेमा भने दुई मत छैन।अहिले उंहाले लेखेको लेखले सारै चित्त बुझ्यो तर त्यो क्रान्तिकारी पार्टीहरू नाम दिएको भए झनै शुनमा सुहागा भने झैं हुनेथियो।
अहिले देशभित्र स्थानिय निर्वाचन हुंने निश्चित भएको वेला यस्ता लेखहरूले पनि ठुलो महत्व राख्दछन।
तर मेरो बिचारमा अहिले नेपालमा कम्युनिष्ट त अलि टाडाको कुराहो भौतिकवादी समेत कता कति भएको अबस्था देखिन्छ।
भौतिकवादी नभैकन कम्युनिष्ट कसरी होला?अनि कम्युनिष्ट नभैसेको क्रान्तिकारी कसरी हुन्छहोला।उंहाले क्रान्तिकारी एकताका लागी अब अरू ढिला नगर्ने भनेर भनिसकेपछी हाम्रो देशमा धेरै कम्युनिष्ट क्रान्तिकारीहरू रैछन भन्ने बारे उंहाको लेखले प्रष्ट पारेकोछ।
हुन त बन्दुक छोपेकाहरूले अहिले आफुलाई डांकू भन्न छाडे “जस्तै जोतिशहरूले आफुलाई अब वैज्ञानिक भन्छ”हुंन त विज्ञानले भबिषय बाणि गर्छ।त्यसतै डांकू हरूले पनि आफुलाई क्रान्तिकारी भन्न थालेका हुनसक्छन।अहिलेको अवबस्थामा जे पनि असम्भव छैन।तर आफुलाई जेसुकै भनेपनि जनताले मोहर नलगाउँदै केहि हुनेवाला छैन।
सए जनाले घेरेर एउटा लाई पागल भनेर चिच्याउँन थाल्ने हो भने उ पागल न भएको ब्यक्ति पनि पागल हुन्छ आजको अबस्था ठिक त्यस्तैछ।
तर हाम्रो यो सोशिल मिडियाको ब्यबस्था भएपछि धेरै कम्युनिष्टहरूको पोल पनि खुल्ने गरेकोछ।अहिले धेरै सौलियत पनि भएकोछ।मेरो बिचारमा नेपालीमाटोमा उम्रेका आफुलाई कम्युनिष्टभन्नेहरू धेरैजसो कम्युनिष्टको कुरा त अलि टाडाको हो भौतिकबादी समेत बन्ने प्रयात्न गर्दैनन् अनि कम्युनिष्ट क्रान्तिकारी त अलि दुरको कौडी भयनर?मैले यसोभन्दा साथिहरूले रिसाएर तं बन्याछस कम्युनिष्ट भनेर सवाल गर्नुपनिहोला किन कि हाम्रो देशमा यो परमपरानै हुँदै आएकोछ एउटाले सवाल गय्रो भने आर्कोले उत्तरको ठाउंमा प्रतिसवाल गर्ने गर्छन।त्यही भएर मैले आफै भन्छु धेरैलामो समय देखी मैले कम्युनिष्क बन्ने प्रयात्न गरें तर हुन बांकीछ साहिद मलाई चिन्नेले मेरो बारेमा प्रश्न गर्नुहुंदैन की?ब्यबहारमा लागुगर्न नसक्ने बिचारलाई भन्न पनि रूचाउँदैन मैले।साथी हरूले लेख्दा कुनै क्रान्तिकारी पार्टीछ भने वा कम्युनिष्ट ब्यबहारिक रूपमा भैसकेको छ भने त्यो हाम्रो देशको नमुना हुनेछ र यस्तालाई सम्मान र संकलन पनि गर्नुपर्छ होला।

चर्चामा

सम्बन्धित समाचार