सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाल राष्ट्रिय माबि तीन तारे बिद्यालय

नेपाल राष्ट्रिय माबि तीन तारे बिद्यालय

  • बुधबार, चैत्र १६, २०७८
नेपाल राष्ट्रिय माबि तीन तारे बिद्यालय

बाजुरा– बडिमालिका नगरपालिका ६ जगाङ्गामा रहेको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय ब्जबाट तीन तारे भएको छ । मंगरबार एक कार्यक्रमका बिच उक्त बिद्यालयलाई तीन तारे घोषण गर्रिको छ । स्वच्छ पिउने पानी, उपयुक्त शौचालय र स्वच्छ वातावरण जस्ता चरणहरुमा पुर्णता भएपछि तिनतारे घोषण गरिएको छ । बडीमालिका नगरपालिका भित्रका २५ वटा विद्यालयहरु तीन तारे घोषण हुने लाईनमा छन । यो भन्दा पहिला सदरमुकाम मार्तडीमा रहेको बालमन्दिर घोषण भई सकेको छ । यो नगरपालिकाको दोस्रो तीन तारे बिद्यालय भएको छ ।
“ तीन तारे विद्यालय हाम्रो ज्ञान, विद्यार्थी शिक्षक र अभिवाभव सबैको स्वाभिमान “ भन्ने मुल नाराका साथ मंगरबार एक औचारीक कार्यक्रमका साथ तीन तारे घोषणा गरिएको हो । युनिसेफ नेपाल र बडीमालिका नगरपालिका सहआयोजक र नेपाल राष्ट्रिय माबि आयोजक रहेको कार्यक्रममा युनिसेफ नेपाल र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयमा शौचालय, खानेपानीको धारा र स्वच्छ वातावरण बनाउनमा ठुलो भुमिका रहेको युनिसेफ नेपाल बाजुरा संयोजक इन्जिनियर राजेन्द्र जैशीले बताएका छन । विद्यालयमा बालमैत्री वातावरणमा शिक्षण गर्न सहज भएको, स्वच्च खानेपानीका धाराहरु निर्माण भएको र अपाङ्ग तथा छात्रछात्रा अलग अलग शौचालयको उचित ब्यबस्था भएकोले विद्यालयलाई तीन तारे घोषण गर्न सम्भब भएको उनले बताए ।
बडीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवाल प्रमुख अतिथि रहेको कार्यक्रममा बिशिष्ट अतिथि नगर उपप्रमुख कबिता बिष्ट रहनु भएको थियो । त्यसै गरी नगरपालिकाका शिक्षा शाखा प्रमुख रंगमल बिक वडा नम्बर ६ का अध्यक्ष कला देबी बडुवाल, ५ का अध्यक्ष बलबहादुर थापा, युनिसेफ नेपालका संयोजक इञ्जिनियर राजेन्द्र जोशी, साहस नेपालका राम बहादुर खत्री तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
बिद्यालयलाई तिनतारे घोषणा गर्न बिभिन्न १० वटा सूचकहरु तय भएका थिए भने ९० प्रतिशत सूचकहरुको मापदण्ड पुरा भैसके पछि मात्र विद्यालयलाई नगरपालिकाकै तिनतारे बिद्यालय घोषणा गरिएको यूनिसेफका इन्जिनियर राजेन्द्र जोशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार