बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • दैनिक चाउचाउ खानु हानिकारक

दैनिक चाउचाउ खानु हानिकारक

  • बुधबार, चैत्र १६, २०७८
दैनिक चाउचाउ खानु हानिकारक

धनगढी– दैनिक नास्ताको रुपमा धेरैले चाउचाउ रुचाउछन्। तर चाउचाउले शरिरमा धेरे हानि पुर्याउने अध्ययनले देखाएको छ। अध्ययन अनुसार चाउचाउ खानु रसायन खानु बराबर रहेको देखाएको छ। चाउचाउमा हुने मैदा मानव स्वास्थ्यका लागि मन्दविष जस्तै रहेको मासाच्युसेट्स जनरल हस्पीटलका डाक्टर ब्राडेन कुओको अध्ययनले देखाएको छ।

जसले सुस्तसुस्त रुपमा शरीरलाई कमजोर बनाउँछ। त्यस्तै चाउचाउमा हुने तेल र मसलामा पनि हानिकारक हुन्छन्। यसमा अजिनामोटो हुन्छ जसले गर्दा हाडजोर्नी कमजोर हुनुको साथै कहिँकतै हलुकासँग लडे पनि छिट्टै भाँचिने संभावना रहन्छ।

कुनैपनि तयारी चाउचाउ लामो समयसम्म प्रयोग गर्न सकियोस् भन्ने हिसाबले बनाइएको हुन्छ। जसको लागि उनीहरुले अत्यधिक प्रशोधन गरेर बजारमा पठाउने गरेका हुन्छन्। ती खानाहरुमा पौष्टिक सामग्रीहरु कम हुन्छन् भने फ्याट, क्यालोरी र सोडियम उच्च मात्रामा पाउने गरिएको हुन्छ । साथमा सुन्दर र मीठो देखाउनको लागि कृतिम रंगहरु, संरक्षणको लागि केमिकलहरु र थप फ्लेवरहरु समेत मिसाईएको हुन्छ। यो पनि स्वास्थ्यको लागि असरदायक हुन्छ।

अधिकांश समय मोनो सोडियम ग्लुटामेट जसलाई हामी अजिनोमोटो नामले चिन्ने गर्छौं। त्यसका साथै टेटरियरी-बुटेल हाइड्रोक्विनोन (टीबीएचक्यु) र पेट्रोलियम उद्योगबाट प्राप्त हुने रासायनिक पदार्थहरुको समेत प्रयोग गर्ने गरिन्छ। यी पदार्थहरुका कारण नै चाउचाउ हानिकारक हुने गर्छ।

चर्चामा

सम्बन्धित समाचार