सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • २२ करोड ७६ लाख रुपैयाँमा बिक्यो संसारकै महंगो ऊँट !

२२ करोड ७६ लाख रुपैयाँमा बिक्यो संसारकै महंगो ऊँट !

  • मङ्लबार, चैत्र १५, २०७८
२२ करोड ७६ लाख रुपैयाँमा बिक्यो संसारकै महंगो ऊँट !

काठमाडौं —  इस्लाम धर्माबलम्बीहरुका पवित्र महिना रमजान सुरु हुँदैछ । रमजानभन्दा अगाडि साउदी अरबमा एउटा ऊँट अहिलेसम्मकै महंगो मूल्यमा बिक्रि भएर संसारकै महंगो ऊँटको रुपमा विश्व किर्तिमान कायम गरेको छ । उक्त ऊँटको मूल्य ७० लाख साउदी रियाल अर्थात् करीब २२ करोड ७६ लाख रुपैयाँ परेको छ ।

गल्फ न्यूजको एक रिपोर्ट अनुसार उक्त उँटका लागि साउदी अरबमा सार्वजनिक लिलामीको आयोजना गरिएको थियो ।

लिलामीको एक भिडियो सोसल मिडियामा समेत राखिएको छ । जसमा परम्परागत पोशाक लगाएका एकजना व्यक्तिले माइक्रोफोनमा ऊँटको लिलामीमा बोली लगाइरहेको देखिन्छ ।

उक्त ऊँटको सुरुवाती बोली नै ५० लाख साउदी रियाल तोकिएको थियो । तर लिलाम बढाबढमा जाँदा ऊँटको मूल्य ७० लाख रियालसम्म पुग्यो र बल्ल थामियो ।

अन्ततः उक्त ऊँटलाई ७० लाख रियालमा बिक्रि गरियो । एउटा उँटका लागि झण्डै २३ करोड रुपैयाँ खर्चिने व्यक्तिको पहिचान भने खुलाइएको छैन ।

साउदी अरबमा करोडौँमा लिलामी भएको यो ऊँट विश्वकै निकै दुर्लभ ऊँट मानिएको छ । यो ऊँट आफ्नो विशेष सुन्दरता र अनौठोपनका कारण संसारभर चर्चित छ । संसारमा यो प्रजातिका ऊँट निकै कम छन् ।

स्मरण रहोस् अरब मुलुकहरुमा ऊँट आम जनजिवनको हिस्सा जस्तै हो । इदको बेला साउदी अरबमा ऊँटको बली दिने गरिन्छ । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार