शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • द्धन्दकालमा बिस्तापित बिच्छयाँकाको प्रहरी चौकी २२ पछि पुर्नस्थापना

द्धन्दकालमा बिस्तापित बिच्छयाँकाको प्रहरी चौकी २२ पछि पुर्नस्थापना

  • आइतवार, चैत्र १३, २०७८
द्धन्दकालमा बिस्तापित बिच्छयाँकाको प्रहरी चौकी २२ पछि पुर्नस्थापना

कालिका उपाध्याय —सशस्त्र द्धन्दकालमा बिस्तापित बाजुराको बिच्छयाँ प्रहरी चौकी २२ बर्ष पछि पुर्नस्थापना भएको छ । अति दुर्गममा रहेको प्रहरी चौकी २०५५ साल चैत २७ गते बिस्तापित भएको प्रहरी चौकी २२ बर्ष पछि पुर्नस्थापना भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक चर्तुभुज ओझाले वताएका छन् ।
प्रमुख जिल्ला अधिकारी उप्रेन्द्रराज पौड्याल, प्रहरी प्रमुख ओझा लगायत जनप्रतिनिधि स्थानियको सहभागितामा चौकी औपचारिक रुपमा पुर्नस्थापना गरिएको हो । २०४९ सालमा हिमाली गाउँपालिका १ मा प्रहरी चौकी स्थापना भएको थियो । साबिकको बिच्छयाँ गाबिसलाई लक्षित गरेर स्थापना भएको प्रहरी चौकी द्धन्दकालमा बिस्तापित भएर कवाडीमा आएको थियो । प्रहरी चौकी पुर्नस्थापना हुनुपर्ने स्थानिय सरकार र स्थानिय पटक पटक माग राख्दै आएका थिए । लामो प्रयास र समय पछि चौकी स्थापना भएको गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताएका छन् ।
साबिवको बिच्छयाँ गाँबिसले बाजुराको भुगोलको हिसाबले ३५ प्रतिशत भुभाग ओगटेको छ । अहिले हिमाली गाउँपालिका १, २ र ३ वटा वडा रहेका छन् । चौकि बिस्तापित हुँदा प्रहरी सेवा प्राप्त गर्नका लागि अन्य प्रहरी इकाइमा जानका लागि ४ दिन पैदल यात्रा गर्नुपर्ने बाध्यता रहदै आएको थियो । प्रहरी चौकी स्थापना भएपछि बिच्छयाँको शान्ति सुरक्षामा सहजता भएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले वताएका छन् ।
बिच्छयाँ भौगोलिक बिटकता सँगै जडिबुटि, लगाउयत बन्यजन्तुको निकै चोरी शिकार बढने गरेको थियो । हुम्ला र बझाङ्ग सँग सिमा नाकाहरुमा बिभिन्न अपराधहरुमा समेत हुने गरेका थिए, चौकी स्थापना भएपछि नियन्त्रण हुने वडा नम्बर १ का अध्यक्ष ध्याने रोकायाले वताए । यो क्षेत्रमा प्रतिबन्धीत पाँच औले, यार्सागुम्बा लगायतका जडिबुटि पाउने गरेको छ । त्यस्तै कस्तुरी, मृग, डाँफे लगायतका बन्यजन्तु पाइने गरेका छन् । यो क्षेत्रमा बिगतमा जडिबुटि लगायत बन्यजन्तुको निकै चोरीशिकार हुने गरेको पाइन्थ्यो । बिच्छँयामा करिब ५ सय ६० परिवार बसोवास गर्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार