शुक्रबार, जेष्ठ ४, २०८१

गजल!

  • शनिबार, चैत्र १२, २०७८
गजल!

तन बिदेशमै भएपनि मन पाखा पखेरामा हुन्छ,
आफ्नो घर आगन अनि आफ्नो कटेरामा हुन्छ।

लाहुरे भनेर हेला नगर्नु हौश कुनै ब्याक्तिले पनि,
देशभक्ति यहाँ प्रत्येक परदेशीको चेहेरामा हुन्छ।

हामी बाध्यता बस आएका कामखोज्न भएपनि,
हामिलाई अघात मयां त्यो गाउँकै पंधेरामा हुन्छ।

भुल्न सक्दैनौँ बिदेशमै बसे नि आफ्नो सांस्कृती,
मनछुने गीत गजल मुक्त आफ्नो अपेरामा हुन्छ।

मधेश पहाड हिमालको शुन्दर बनावट देश भित्र,
चिसो हावा पानी स्वर्ग त याँहाको बसेरामा हुन्छ।

नेताहरू सुलिमा चड्न तछाड मछाड गरेकैवेला,
भन्छु काम गर्ने मन भए नेता काम फेरामा हुन्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार