• होमपेज
  • विचार/ब्लग
  • छलछामको राजनीतिको अनत्य हुनुपर्छ।

छलछामको राजनीतिको अनत्य हुनुपर्छ।

  • शुक्रबार, चैत्र ११, २०७८
छलछामको राजनीतिको अनत्य हुनुपर्छ।

सुरेशकुमार पान्डे — देशमा धेरैजसो राता र सेता झण्डा उठाएका नेताहरूले उस्तै पुरानो सामन्ती तवरमा छलछामको राजनीति गर्दै आएकाछन।आफुलाई जुनसुकै पार्टीका भनेपनि धेरै जसोले जनतालाई सधैभरी छक्काउँदै आएकाछन।उनिहरूको बिचमा खासै अन्तर छैन भनेपनि फरक नपर्ला।चुनावको वेलामा जनतामा झुठा आस्वाशनहरू दिने र जनतालाई भ्रमित पार्नेकाम अत्याधिक पार्टीका नेताहरूले गर्दै आएकाछन।आफुलाई कम्युनिष्ट क्रान्तिकारी भन्नेहरूले समेत संसदिय पुंजीवादी ब्यबस्था अन्तरगतको निर्वाचनलाई जित्न जीवन मरणको प्रश्न बनाउँदै आएकाछन।उनिहरूको बिचारमा चुनाव जीत्नको लागी भ्रष्ट ब्यबहार गर्नुपर्छ नत्र चुनाव जित्तिदैन भन्नेछ।
चुनाव नजिकिंदै गर्दा कसैले जनताको बुद्धीलाई कसरी भुट्नेबारे ठाउँ ठाउंको अवलोकन र अध्यायन गरेकाछन।जँहा जस्तो अबस्थाछ त्यंहाको समस्याको समाधान आफुले गर्ने आसवासन दिंदै आएकाछन।जस्ले चुनावको बहिस्कार गर्ने गरेको हुन्छ उस्ले जनतामा डर वा खौफ सिर्जना गरेर बहिस्कार सफल पार्ने प्रयात्न गरेको हुन्छ।
हाम्रो देशमा यो वेला कम्युनिष्ट र अन्य प्रतिकृयावादी पार्टीहरूको एउटै कित्ताछ त्यसकारणले देशमा कम्युनिष्टहरूनै छैनन् भन्ने बाताबरणको सिर्जना भएको हामिले देख्छौँ।जुन देशमा ६५%कम्युनिष्टछन भन्निन्छ त्यो देशमा आज कम्युनिष्टको बिउ जोगाउंन गारो भएकोछ।
आम्रो छिमेकी देश भारतमा भर्खर पांचवटा राज्यहरूमा चुनाव सम्पन्न भयर रिजल्ट पनि आयो यि मध्य एउटा राज्य पञ्जावमा आम आद्मी पार्टीले भारी बहुमतले जीत हासिल गरेकोछ।
उनिहरूले सरकार समेत बनाइसकेकाछन।
आम आद्मिपार्टी कुनै कम्युनिष्ट पार्टी पनि होइन तर भारतको सिपि एम वा सिपि एम एल भन्दा केजरीवालको जनताको पक्षमा ब्यबहारिक प्रदर्शन राम्रो देखियो।उनिहरूलाई हराउंन प्रतिकृयावादीहरू सत्ता पक्षिय दल र प्रतिपक्षिय दल दुबै लागेरपनि हराउँन सकेनन्।एउटा बुजुर्वा राजनीतिक पार्टीले पनि एक्लै कुनै कसै सँग तालमेल बिना यसरी चुनाव जित्न सफल भएको इतिहाश बनेकोछ।यस्तो हुनु भनेको केजरीवालले दिल्लीमा गरेको कामले जनता प्रभावित भएरनै हो।
यद्मापी सत्ता पक्षले केजरीवाललाई पाकिस्तानी दलाल नास्तिक देसद्रोही आदी भनेर जनताको साम्ने अपमान गर्न समेत हिचकिचाएन।
तर अहिले २३मार्चका दिन शहिदी दिवशका दिन पंजाव सरकारले शहिदहरू भगत सिहं, राजगुरू र सुखदेव लगायत डा.भिमराव अम्बेडकर जस्को नेतृत्वमा भारतको सम्विधान निर्माण भएको थियो उनिहरूको प्रतिमा स्थापित गर्ने र शहिदी दिवशको सम्झनामा प्रत्येक बर्षमा मेला लगाउंने स्ता निर्णय सार्वजनिक गर्यो त्यो मात्रै होइन दथर्द कर्मचारीहरूलाई थाई गर्ने घोषणा गरेर पञ्जाबमा जनाताहरू खुसि भएकाछन।निजि करणको बिरूद्धामा पञ्जाबको आम आद्मिपार्टीको सरकार अगाडि बढेकोछ।
दिल्लीमा पहिलैई महिंलाहरू लाई बसमा किराया लाग्दैन, बिजिली पानी फ्रि जस्तैछ,केन्दर सरकारको निजिकरणको योजनाको बिरोधमा क्रमचारीहरूलाई थाई गर्ने र निजिकरणको बिरोध गर्ने केजरीवालको योजनाछ।केजरीवालको यो ब्यबहारले भारतमा आम आद्मि पार्टीको उज्वल भबिश्यलाई जनाएकोछ।
उन्ले शिक्षामा जोड दिएकाछन कुनैपनि देशको अबस्थालाई बलियो र देश मज्बुत गर्नको लागी सबैभन्दा पहिले त्यो देशको शिक्षान प्रणालीमा ध्यायन दिनुपर्छ भन्ने उनको आदर्श बाक्यछ।
अहिले भारतको लागी केजरीवाल कुनै क्रान्तिकारी कम्युनिष्ट नभयपनि उनै बाट देशमा आमूल परिवर्तन हुनसक्ने आम जनताले अपक्ष गर्दैछन।
उन्ले अरूले बुजुर्वा पार्टीले जस्तै छल छाम गर्दै हिंडेनन् समपष्ट बिचार र ब्यबहारले गर्दा अहिले भारतमा उन्को ब्यपक प्रचार हुंदैछ।उन्ले गोवा मा समेत दुइटा सिट हात पारेकाछन।चुनावमा बिचार बाहेक कुनैपनि लोभलालच जनतामा नबांटेर जित हासिल गर्न सफल भएका केजरीवाल बाट धेरै शिक्षा लिन सकिन्छ।
हाम्रो देशका कम्युनिष्ट भनौंदाहरूले ठुला ठुला क्रान्तिका गफ लगाएर एउटाले आर्कालाई गाली गर्नु भन्दा आफ्नो ब्यबहारलाई सुधारेर उत्तिकै बोलौं जती हामीले गर्न सक्छौं ब्यबहारमा उतार्न सक्छौं।त्यसो गरेपछि जनतालाई बिस्वास हुन्छ र जनताले आफ्नो अमुल्य मत दिन्छन।खास गरेर हाम्रो देशमा जनताले पनि र नेतालेपनि पुंजिलाई प्रमुखस्थानमा राखेर राजनीतिक गर्दै आएकाछन।जनताले पनि उसैलाई मत दिंदै आएका हुन्छन जस्ले उनिहरूलाई आर्थिक सहयोग वा अन्य सहयोगको आसवासन दिएका हुन्छन।
आखिर आफुलाई कम्युनिष्ट भन्नेहरूले ति महान दार्शनिकहरू समेतलाई बद्नाम त नगरौं कम्तिमा उनिहरूको सम्मान गर्न सिकौं।एउटा छिमेकी राजनीतिज्ञ सँग पनि केही सिकेर देश र जनताको हितमा राजनीति गरौं।
देशका जनताहरू पहिलैई पिढितछन उनिहरू सदियौं देखुन तानाशाही ब्यबस्थामा दाश जस्तै जीवन बिताउंन बाध्य थिए।देशभित्र काम गरेर खान सक्ने रोजगार छैन जोतेर खान पुग्ने पाटो छैन।बिदेशका गल्लिहरूमा नारकिए जिवन यापन गर्न बाध्य भएकाछन।
यो अबस्थामा उनिहरूको समस्यलाई समाधान गर्छौं देशमा आमूल परिर्वतन गर्छौं भन्दै उनिहरूको घरदैलोमा गएर भोका नाङ्गा जनतालाई संगठित गर्ने र उनिहरूलाई झुठ्ठा सपना देखाएर आन्दोलित गरेर अन्दोलमा पार्ने कम्युनिष्ट भनौदाहरू बाट झन बढी पिडित हुन पुगेकाछन।
नेपाली कांग्रेस र राप्रपाहरूले त्यत्ति छक्काउंन गारोछ किनकी उनिहरूको चरित्रबाट जनता प्रष्ट भैसकेकोछ यहाँ त गरिब सुकुमबासीलाई जमिन दिलाउंछौ भन्ने र क्रान्तिका गफडिहरूले नै जनतालाई बढी भ्रमित पारेकाछन।
एउटा झिनो जन संख्य भयको देशलाई भगौलिक रूपमा टुक्राएर वा जनतालाई जातिय आन्दोलनहरूमा उक्साएर देशको बिकाश हुंदैन।देशलाई सर्वजातिय हितमा अखण्डित राखेर बिदेशी अतिक्रमण बाट जोगाएर मात्र देशको बिकाश हुनेछ।
अहिले हामी सबै नेपालीहरूले गर्ने शंघर्ष भनेको संघियतालाई खारेज गर्ने एमसीसी जस्तो राष्ट्रघातीलाई खारेज गरेर देशको हितमा सम्बिधानमा उल्लेखित धर्मनिरपक्षता र गणतन्त्रिक ब्यबस्थालाई संस्थागत गर्नुहुनुपर्ने।
बिडम्बना भनौ देशका जनताले सदियौं देखि राष्ट्रियता जनतन्त्र र जनजीवीकाको लागि बिदेशमा बसेर भयपनि निरन्तर शंघर्ष गर्यौं तर मुठ्ठिभर चत्तुर मौकाप्रस्स्तहरूले जनान्दोलनलाई आफ्नो स्वार्थमा उपयोग गर्दै आएकाछन।
देशमा जनान्दोलनले प्रत्येक पल्ट तानाशाहलाई घुंडा टेकाउंछ तर आन्दोलनकै बिचमा लुकेका अवसरबादहरूले आफ्नो क्यारिरिष्ट प्रकारको मनसायले जनताको अधिकारलाई कुण्ठित पार्दै उस्तै ब्यबस्थालाई सञ्चालन गर्छन।हाम्रो देशमा बिदेशीका दलाल बनेर भयपनि सत्ताको बागडोर छोप्नलाई तछाड मछाड हुंदै आएकोले देश अशुरक्षित भयो।अहिले त दलाली गर्न पनि तछाड मछाड हुनथाल्यो।
देशभित्रको राजनीतिक शक्तिको नेतृत्व देशभक्तले गर्थ्यो भने आज हाम्रो देशमा यो अबस्था आउने थिएन।अहिले सम्म बिदेशीको इसारामा बिदेशीको अनुदान बाट देश चलाएकाछन नागरिकहरूको टाउकामा रिण लगाएर आफुले आलोपालो राज गरेकाछन,ऐयासी गरेकाछन जनतालाई आफ्नो स्वार्थमा लडाएकाछन।यो छलछामको राजनीतिको अनत्य हुँनुपर्छ र मात्र देशमा थाई सरकार बन्न सक्छ र देशलाई जोगाउंन सकिन्छ।

चर्चामा

सम्बन्धित समाचार