शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्रिकेट
  • पिएनजीले नेपाललाई दियो २९३ रनको लक्ष्य

पिएनजीले नेपाललाई दियो २९३ रनको लक्ष्य

  • शुक्रबार, चैत्र ११, २०७८
पिएनजीले नेपाललाई दियो २९३ रनको लक्ष्य

काठमाडौं — पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेट जित्न नेपालले २ सय ९३ रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली पीएनजीले पूरै ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २सय ९२ रन बनायो ।

नेपालविरुद्धको एक दिवसीय क्रिकेटमा कुनै पनि टिमले बनाएको यो अहलेसम्मकै उच्च स्कोर हो ।

पीएनजीमा लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाए । यस्तै कप्तान असद भालाले ६०, नोर्मन भानुअले ४७, टोली उराले ३८ र रिले हेकुरेले ३१ रन बनाए ।

बलिङतर्फ नेपालका कमल ऐरी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवान सराफले एक एक विकेट लिए ।

घरेलु मैदानमा नेपालले पहिले द्विपक्षिय शृंखला खेल्दा घरेलु मैदानमा सन्दीपले कप्तानमा डेब्यु गरे । यस्तै देव खनालले पनि सिनियर टिममा डेब्यु गरे । सोमपाल कामीले चोथौ ओभरको अन्तिम बलमा पीएनजीका ओपनर हिरीलाई आउट गरे । हिरीलाई चार वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका विकेटकिपर अनिल शाहले क्याचआउट गरे ।

पहिलो विकेट चाँडो गुमाएको पीएनजीले त्यसपछि संयमित भएर ब्याटिङ्ग गर्‍यो । टोनी उरा र कप्तान असद भालाले दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे । दीपेन्द्र सिंह ऐरीले ३८ रन बनाएका पीएनजीका ओपनर उरालाई १३ ओभरको अन्तिम बलमा भीम सार्कीबाट क्याचआउट गराए । सार्कीको यो दोश्रो एक दिवसीय खेल हो ।

असद भाला ६० रन बनाएर २६ औं ओभरको पहिलो बलमा आउट भए । उनले तेस्रो विकेटका लागि चार्ल्स अमिनीसँग ७४ रनको साझेदारी गरे ।

त्यसपछि सेसे बाउ खाता नखोली आउट । सन्दीपले २७ औं ओभरमा कुशल भुर्तेलबाट उनलाई क्याचआउट गराए । पाँचौँ विकेटका लागि अमिनी र रिले हेकुरेबीच ६१ रनको साझेदारी भयो । ४२ औं ओभरमा पवनले ३१ रन बनाएका रिलेलाई बोल्ड गरे ।

छैटौं विकेटका लागि अमिनीले नर्मन भानुअसँग ४८ रनको साझेदारी गरे । ७७ रन बनाएका अमिनीलाई ४६ औं ओभरमा सोमपालले बोल्ड गरे । अमिनीले १०३ बल खेल्दै ६ चौका १ छक्का प्रहार गरे । अन्तिम ओभरमा कमलले भानुअ र सिमोन अटाईलाई आउट गरे र आफ्नो नाममा दुई विकेट लेखाए । अनलाइनखबरबाट ।

चर्चामा

सम्बन्धित समाचार