शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • नक्कली राजनितिज्ञ हरुलाइ मेरो खुल्ला चुनौती!

नक्कली राजनितिज्ञ हरुलाइ मेरो खुल्ला चुनौती!

  • बुधबार, चैत्र ९, २०७८
नक्कली राजनितिज्ञ हरुलाइ मेरो खुल्ला चुनौती!

बडो ताज्जुब लाग्छ कहिले काँही , पाँच वर्ष सम्म जनता हराएको खोज्न नसक्ने राजनेता हरु आज गाउँ गाउँमा हात जोड्दै तपाइको परिवार संख्या कति छ भने खोज्दै हिन्छन । झुटो आश्वासन दिएर भोट माग्दै तपाईलाइ जागिर लगाइदिने रे, केहि समस्या भए हामिलाइ सम्झिनुस् रे , एक पार्टी ले प्रचार गर्दै गयो अर्को पार्टी ले उसको घोर विरोध गर्दै बडो आदरपूर्वक , उ यस्तो ,म यस्तो भन्दै ति सर्वसाधारण जनतालाई विस्वास दिलाउ न कति जानेका होलान हाणिघोप्टे हरुले , अरे नामर्द हलुण हरु हो कस्ले कति र के कार्य गर्न सक्छ सबको लेखा जोखा राख्ने जनताको हातमा चाबि छ। धमिराले खाएको घरको धुरी जस्तै बनाएको राजनिति आज आएर जनताको मन जित्न खोज्दै गर्दा अतिकति लाज लाग्दैन , सकिन्छ भने निस्वार्थ भावमा राजनिति गर्नुस । नत्र आफ्नो गल्ती को महसुस गर्दै माफी माग्नुस् ।
टोल ,वडा, गाँउ ,नगर, क्षेत्र ,प्रदेश र केन्द्र उच्च स्तरीय मा पोष्टिङ भएका जनप्रतिनिधि र पार्टी का नेताहरुले अब यो सोच्नु जरुरी देखिन्छ । हजारौं विदेशीएका युवाहरुको सहभागिता हुने ठाउँ कता छ ? दलालले ललाइफकाई बिदेस को कालकोठि रुदै नरकिय जिवन बिताइरहेकी छोरी चेलीको स्थान कहाँ छ ? आफ्नो ज्यानको बलिदिएर पार्टी को झण्डा बोकाउदै सडकमा आफ्नै तेल हालेर गुडाइरहेका कलिला युवाहरुको स्थान कहाँ छ ? बुवा आमालाई लाखौं रिणमा डुबाएर घर छोडेर बाहिर पढ्न गएका ति कलिला मुना हरुको भविष्य स्थान कहाँ छ ? झुटो आश्वासन मा कमिसनको खेलखेलेर ठगिएका ति CTEVT मा नाम निकल्दिन्छु भन्दै आशामा रुमल्लिरहेका गाँउका सोझा साझा जनता र तिनका छोराहरूको भविष्य कहाँ छ ? साले चोर हरु , सहि लाइ सहि गलत गलत छुट्याउन नसक्ने ले अव धेरै भाषण नछाटौं , तिम्रा गतिविधि र नियत हरु सबै जनताले बुझेका छन । जनताको ढाड सेक्ने गरी कर तिराएर मंहगा र चिल्ला गाडिमा गुड्ने हरु एउटा कुरा कान खोलेर सुन , विकट जिल्ला हरुमा अहिले सम्म अधिकांश ठाउँमा सिटामोल छैन , दुरदराजमा छटपाइरहेको सुत्केरीले आफ्नो ,जन्मिने बच्चा भविष्य कोर्न सकेको छैन , बिदेसमा अर्काको गुलामी गर्ने सर्वसाधारणले आफ्नो घर देख्न पाएका छैनन्, स्वदेश फर्कन भनेर बाटोमै अलपत्र परेका र लुटिएका हाम्रा दाजुभाइ रुदै सामाजिक सञ्जाल भेटिएको भेटिएइ छन । छुवाछुत , छाउपडी प्रथा , बलत्कार, डकैती, थिचोमिचो, हैकम, गुण्डागर्दी, चोरी , लुटतन्त्र , महिला हिंसा , पुरूष हिंसा , समाजमा उछिर्ङखल र अराजकता अझै ताजै छ । कहिले सुधिन्छौ र सुधार गर्छौ ? अब तिमिहरुको असली रुप समाज अगाडी छर्लङ्ग गरिन्छ ।
पुरुष हरु राति भट्टिमा जाँड धोकेर, दाइ भाइ संग लडाइन्छ, धारा पंधेरामा महिला दिदि बहिनि हरु लडेको देखिन्छ, बिध्यालयमा शिक्षक शिक्षक , बिध्यार्थी विद्यार्थी लाइ लडाइन्छ, सरकारी कार्यालय तिर कर्मचारी लडाइन्छ, सडक ,गाँउ गाँउमा , चोकचोकमा युवाहरुलाइ लडाँन्छ , के यहि हो राजनिति ? अब आफ्नो पार्टी मात्रै भनेर हैन चाहे जो सुकै पार्टी को होस राम्रो लाइ साथ दिउ गलत लाइ घोक्राउँदै गाँउ , सहर र सदन बाट बहिष्कार गरौं ।

चर्चामा

सम्बन्धित समाचार