मङ्लबार, बैशाख १८, २०८१

गजल!

  • मङ्लबार, चैत्र ८, २०७८
गजल!

हिंजो आज काम पनि छैन आराम पनि छैन,
मन असन्तुष्टछ के खाम के लगाम पनि छैन।

कहिले निन्द्रा धेरै लाग्छ त रात बित्छ जागी,
खैत मान्छेको जात चिन्ताको नाम पनि छैन।

खालिछुं तर कत्ति फुर्शतछैन कस्ता दिनभए,
न कतै घुम्नुछ आफु सँग गर्ने काम पनि छैन।

यो कस्तो बन्धनमा परियो जीवनको चक्रव्यु,
बस्ने मन लाग्दैन तर जानैप्रने ठाम पनि छैन।

धेरैले भन्छन अबकाशको जीवन इन्जोय गरे,
त्यो कुन चराको नामहो प्रसस्तै दाम पनि छैन।

आफुले चालपाउंने भएपछि काम गरेरे खायौं,
फेरी पछुताउँनै पर्ने त्यस्तो परिणाम पनि छैन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार