शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • नराम्रो कामको बिरोध र राम्रो कामको समर्थन गरौं!

नराम्रो कामको बिरोध र राम्रो कामको समर्थन गरौं!

  • आइतवार, चैत्र ६, २०७८
नराम्रो कामको बिरोध र राम्रो कामको समर्थन गरौं!

सुरेशकुमार पान्डे–अहिले देशमा यस्तो अबस्था सिर्जना गराइएकोछ कि कुन ठिकछ कुन ब्याक्ति गलतछ त्यसबारे जनताले ठम्याउँन असजिलो भएकोछ।
स्थानिय चुनावलाई देखेरपनि मौका प्रस्तहरूले पानी धमुलेर माछामार्ने बिधि अप्नाएकाहुन्छन।यो वेलामा आफुलाई देशभक्त भनेर नथाक्नेहरूले एउटा देशभक्त र जनतान्त्रीक शक्तिको रूपमा अथक र आजिवन शंघर्ष गर्दै आएको राजमो पार्टीका अध्यक्ष का.चित्रबहादुर केसीलाई एम सीसी संग मुछेर बद्नाम गर्न खोज्नुलाई एक प्रकारको अप्राधनै भन्नु पर्छ।अहिले सम्म नेपालको इतिहाशमा स्वच्छ छवी भएका देशभक्त र क्रान्तिकारी ब्याक्तित्वको रूपमा प्रख्यात का. चित्रबहादुर केसी ज्युले अहिले सम्म देश र जनताको हितमा सम्झौता हिंन शंघर्ष गर्दै आएको इतिहाश कसैबाट लुकेकोछैन।
आफ्नो फरक बिचार भयो भन्दैमा संगठन वा पार्टीलाई आफैले टुक्रा पार्ने र एउटा देशभक्तको चरित्र हत्यागर्ने बिचार भनेको एउटा अप्राधजन्यनै हो।
अहिले एम सीसीलाई संदन बाट चारौटा पार्टीले बलजफ्ति पारित गरेपछि एमसीसीलाई पारीत गरेको भन्दै चित्रबहादुर र सिंगो राजमोलाई बद्नाम गर्न खोज्नेहरूले राजमोको गठन काल देखिको देश र जनता प्रति अप्नाउँदै आएको तमाम तथ्यलाई नियालेर गुण र दोशको आधारमा पार्टीलाई इमानदारिसँग ब्यख्या गर्ने सहाश जुटाउँनुपर्छ।चारौटा दलले जवर्जस्ति पारित गर्दा बिपक्षमा बसेर तमासा हेर्ने एमाले स्वायम आफैले पनि एमसीसीलाई पारित गर्न जोड लगायो।तर राजमो लगायतका चारचना सांसदले आफु उभ्भिएर एमसीसीको सदनमा पनि जोडदार बिरोध गरेको कुरा कसैबाट लुकेकोछैन।
एम सीसीको बारेमा अहिले सम्मा थुप्रै पत्रपत्रिका पुस्तकहरू आएकाछन तथ्य र सत्य ति पत्रिकाहरूले पनि ल्याएकाछन तिनैलाई पनि अध्यायन गरौं।एउटा मन्त्री परिषद्को तथ्याङ्गलाई फेसबुकमा पोस्ट गरेर एउटा देशभक्तलाई बद्नाम गर्नु गलतहो।हामीले आफ्नो देशलाई मायां गर्छौ भने छातिमा हात राखेर राम्रो कामको समर्थन र नराम्रो कामको बिरोध गरौं।
तर एउटा देशभक्तलाई आवेशमा आएर यसरी बद्नाम नगरौं।देशको भलो चाहेका आदरणिय देशभक्तहरूले आफ्नो विवेक बाट छानबिन गर्ने हिम्मत राख्नुपर्छ कसैको भनाईमा फरक बिचार भयो भन्दैमा ब्याक्तिगत रिस निकाल्ने प्रयासमा एकजना देशभक्त र सिंगो राजनीतिक पार्टी राजमोलाई बद्नाम गर्ने दुससहाश पनि नगरौं।जो जो ले देशको भलो चाहान्छ तिनिहरूले देशभक्तको सम्मान गर्न सिक्नुपर्छ।यसरी जथानाम ब्याक्तिको आचरणमा झुठ्ठा दाग लगाउँनु हुंदैन।
एम सीसीको इतिहाशलाई पनि अध्यायन गर्नुपर्छ जतिवेला चित्र बहादुर केसी उप प्रधान मन्त्री वा गरिवी निवरण मन्त्री थिए त्यो वेला एम सीसीमा हश्तक्षेर पनि भएको थिएन र त्यो आइ.पि एसको अङ्ग पनि थिएन।एम सीसीको गठन सन २००४मा भएको हो,नेपाल २००८मै सामिल हुंने प्रयात्न गरेता पनि नेपाल २०११मा मात्र छनोट भएको थियो।सन२०१३मा एमसीसी नेपाल(मिलेनियम च्यालेन्ज एकाउन्ट-नेपाल गठन भयो।सेप्टेम्वर२९सन२०१३मा एमसीसी समबन्धि कार्यक्रम कार्यन्वयन-सहमतिमा हश्तक्षर भयो।नेपालका लागि२०१४मा एम सीसीले कार्यबिधी पनि पारित गय्रो।
ओलिको सरकार२०७३साउन(अगस्त२०१६)मा बिघटन भयो।त्यो वेला सम्म एमसीसी आइ.पि.एस.को अङ्ग(हिंद प्रसान्त रणनीतिको अङ्ग भएको त पछि सन २०१७पछि मात्रहो,)थिएन भन्ने थियो।ओलिको सरकारमा का.चित्रबहादुर केसी उप प्रधान मन्त्री तथा गरिवी निवारण मन्त्री हुनुभयको थियो।त्यो ओलिको सरकार बिघटन भएपछि बनेको नेपाली कांग्रेस र एमाओवादीका पालामा भएका अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बि.स२०७४भाद्र२९गते(सेप्टेमवर१४सन१९१७)मा हस्तक्षेर गरेका हुन।यो वेला सम्मपनि यो आइ पि एसको अंङ्ग भैसकेको थिएन।हामिले एमसीसीको बारेमा लगातार लेखहरू लेख्दै आम सर्वसाधारणमा जानकारी गराउँदै र यो सम्झौताको भण्डाफोर्ड गर्दै आएकाछौं।
पछि नोवेम्बर१०२०१७मा अमेरिकी राष्ट्रपती डोनाल्ड ट्राम्पले भियतनाममा सम्पन्न एसिया प्यासिफिक इकोनोमिक कोअप्रेसन(एपेक)मा पहिलो पल्ट आइ पि एस अबधारणाको उल्लेख गरेकाथिए।त्यो वेला देखि अहिले सम्म चित्रबहादुर केसी र उन्को पार्टी राष्ट्रिय जनमोर्चाले एमसीसीको बिरोध गर्दै आएको कुरा कसैबाट लुकेकोछैन।यस्तो प्रष्ट आइना हुँदाहुँदै पनि का.केसीलाई बद्नाम गर्न एमसीसीमा मुच्छन खोजियो।
वास्तबिकरूपमा चित्रबहादुर केसीले प्रतिगमनको बिरोधमा नेपाली कांग्रेसको सरकारलाई बाहिर बाट समर्थन गरेपछि थुप्रै बिरोध झेल्नु परेको ठिक सांचोहो।त्यो वेला ओलिले अप्नाएको छिमेकीको दलाली र प्रतिगामीहरूको कटपुतलिको ब्यबहारले देशमा ओलिको त्यो तानासाही ब्यबहारको बिरोधमा देशलाई निकास दिने प्रयात्न गरिएको थियो।
देशमा साडे छे दशक देखुन जनताले सम्बिधान सभाको लागि शंघर्ष गर्दै आएका थिए त्यो लामू र ऐतिहाशिक शंघर्षको परिणाम देशले गणतान्त्रिक ब्यबस्था धर्मनिपक्षियता सहितको प्याकेज पाएको थियो।ओलिको ब्यबहारले त्यो जनाधिकार खोस्सिने सम्भावनालाई ध्यायन दिएर शेरबहादुरको अगुवामा बन्ने चारदलिय सरकारलाई बाहिर बाट समर्थन गर्दै आएकोछ गुण र दोशको आधारमा समर्थन र बिरोध गर्दै पनि आएकोछ।एमसीसीको बिरूद्धमा आजपनि चित्रबहादुर केसी फिल्डमा शंघर्ष गर्दैछन।यद्मापी सम्बिधानले सबैको समस्यलाई सम्बोधन गर्न सकेकोछैन तर पनि गणतन्त्र र धर्मनिरपक्षियतालाई जोगाउँनुपर्छ।सम्बिधानमा रहेका संघियता जस्ता कयौं बिसंगतीहरूलाई हामिले लगातार त्यसको बिरोध गरेर हटाउँनुपर्छ।
चार दलले आफ्नो मनपरि गर्दै एमसीसीलाई भर्खर फागुनको१५गते बलजफ्ति पारित गरिसकेकाछन तर पनि राजमोले त्यसको खारेजीको लागि शंघर्ष गर्दै आएकोछ।ति दलहरूले स्वायम अमेरिकी साम्राज्यवादले एमसीसी आई पि एसको अङ्ग भएको सन२०१९मा घोषणा गरेको देखेर सुनेर पनि पारित गरे।
देशका गद्धार बिदेशका दलालहरूको बिरोध गर्नुको सट्टा का. चित्र बहादुर केसीलाई एम सीसीमा मुछेर बद्नाम गर्न खोज्नु एउटा देशको लागि दुर्भाग्यनैहो।
अहिले आएको स्थानिय निर्वाचनलाई आगनमा आएको देखेर पनि का.चित्रबहादुर केसीलाई र उन्को पार्टी राजमोलाई बद्नाम गर्न खोजिएको हुनसक्छ।हाम्रो देशभित्र केहि गिनेचुनेका देशभक्त र क्रान्तिकारीहरू भेट्टिन्छन उनैलाई पनि यसरी बद्नाम गरेर कुनशक्तिको सेवा गर्न खोजेकोहो?त्यो बिस्तारै प्रष्टहुँदै जानेपनिछ।
आकासमा फर्केर थुक्नेहरूलाई थाहाहुनुपर्छ त्यो थुक अतै आफ्नै उप्र त प्रदैन?
साथिहरू राजनीति गरौं तर इमानदारीका साथ देश र जनताको हितमा त्यसो गरेपछि सबैलाई फाइदा पुग्छ कसैलाई कम्जोर बनाउँनुछ भने आफुलाई ब्यबहारिक रूपमा त्यो भन्दा सहि र दुरदर्शियता बनाउँन सक्नुपर्छ।कसैको खुट्टा काटेर उस्को आस्था ढाल्न सकिदैन भन्नेकुरापनि हामिलाई अनुभव हुनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार