शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समिति अध्यक्षमा कार्की नियुक्त

जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समिति अध्यक्षमा कार्की नियुक्त

  • शुक्रबार, चैत्र ४, २०७८
जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समिति अध्यक्षमा कार्की नियुक्त

बाजुरा — जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समितिको अध्यक्षमा मान बहादुर कार्की नियुक्त भएका छन् । सुदुर पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल बाजुरामा कार्कीलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो ।नवनियुक्त अध्यक्ष कार्की बिहिबार नियुक्त भएका हुन ।

उनले नेकपा समाजबादीका तर्फबाट अध्यक्षका लागि सिफारी भएको बताएका छन । यसअघि अस्पताल व्यवस्थापन समितिमा नेकपा एमालेका नेता भरत थापा रहेका थिए । उनको नियुक्तीको म्याद सकिएको ४ महिना पछि जिल्ला अस्पतालले नयाँ नेतृत्व पाएको छ । बडिमालिका नगरपालिका भित्र रहेको जिल्ला अस्पताल बाजुराले पहिलाे पटक  बडिमालिका नगरपालिकाले नेतृत्व पाएकाे छ । यस अघिका नेतृत्वमा बडिमालिका नगरपालिका रहेको थिएन ।

जिल्ला अस्पताल बाजुराले पहिलो पटक सोही नगरबासी नेतृत्व पाउदा अस्पतालमा थप नयाँ आयम ल्याउने आशा नागरिकमा रहेको नागरिक अगुवाहरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार