शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा बजार अनुगमन : ६६ हजार बराबारको अखाद्य सामग्री नष्ट

बाजुरामा बजार अनुगमन : ६६ हजार बराबारको अखाद्य सामग्री नष्ट

  • मङ्लबार, चैत्र १, २०७८
बाजुरामा बजार अनुगमन : ६६ हजार बराबारको अखाद्य सामग्री नष्ट

बाजुरा — जिल्ला सदरमुकाम मार्तडीको बजारमा गरिएको अनुगमनका क्रममा पसलबाट रू. ६६ हजार ४ सय ९५ बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ । मंगलबार गरिएको अनुगमनमा म्याद गुर्जेका खाद्य बस्तुहरु बरामत गरि नष्ट गरिएको हो ।
खाद्य प्रबिधी तथा गुण नियन्त्रण बिभाग डोटीको आयोजना जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

No description available.

खाद्य प्रबिधी तथा गुण नियन्त्रण बिभाग डोटीका प्रमुख सागर दाहलका अनुसार विभिन्न किराना पसल, मदिरा पसल तथा होटेलमा गरिएको अनुगमनमा लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको बताएका छन । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको हो । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला प्रहरी कार्यालय, पत्रकार लगायतको टोलीले अनुगमन गरेको थियो । उपभोक्ताको हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको र यसबाट व्यापारी तथा उपभोक्ता दुवै सचेत हुने विश्वास गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार