शुक्रबार, बैशाख १४, २०८१

गजल!

  • सोमवार, फाल्गुन ३०, २०७८
गजल!

रगतकोनाता भन्दा बर्गिय प्यार झन धेरै हुन्छ,
निस्वार्थको एकता हुँदा निखार झन धेरै हुन्छ।

बोल्दा बोल्दै थुप्रै बाख्य छुट्नेरैछ भाबुकताले,
साथीको मायाँले बांचने आधार झन धेरै हुन्छ।

एउटाकै केही चल्दैन आर्काको देशमा एकहौं,
एकताको मात्रै धारिलो औजार झन धेरै हुन्छ।

भुल्नै न सक्किने मायाँ दिनुभयो साथिहरू ले,
यस्तो मायाँको हृदयमा आकार झन धेरै हुन्छ।

मिठो बोलिले मन मष्तिकमै गहिरो छाप भयो,
बर्गिय मायाँ को चोखो ब्यबहार झन धेरै हुन्छ।

हामिहरू एकता प्रेमी हौं देशको मयाँ छातिमा,
राखेर सधैभरी शंघर्षगर्ने बिचार झन धेरै हुन्छ।

आउँने जाने यात्रु गनतब्य बिहिन भएकै देख्दा,
निश्चितहौं प्रकृया बिचार अनुसार झन धेरै हुन्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार