शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • नकारत्मक बिचारको परिणाम!

नकारत्मक बिचारको परिणाम!

  • शनिबार, फाल्गुन २८, २०७८
नकारत्मक बिचारको परिणाम!

सुरेशकुमार पान्डे — हामिले कसैको दुःखलाई महेशुर्ष गरेर दुई थोपा आंसु बगाउँन सक्दैनौ भने कृपया उपहाश पनि नगरौं।
समस्य सबैलाई पर्छ ढिलो चांडो कालपनि सबैको आउँछ।कहिले कांही कामै लाग्दैन भनेर फालेको ढुङ्गो पनि काम आउँछ भन्नेकुरालाई मनन् गर्नुपर्छ।
एउटै परिवारलाई पनि गलत बिचारले दुश्मन बनाइदिएको थुप्रै उधारणहरू हाम्रो अगाडीछन।
संसारका देशहरू मध्य सबैभन्दा नजिक र एउटै परिवार हाम्रै छिमेकमा भएको देश भारत र पाकिस्तान हुँन।उनिहरू संन१९४७भन्दा पहिले एउटै थिए एउटै आगनमा जन्मिएका हुर्किएका खेलकूद गरेका सन्तान बिचमा अंग्रेजले जातिय बिउ छरेर देशमा हिंदु र मुश्लिम बिच फाटो हालिद्यो।जातिय द्वौन्धले उनिहरू बिस्तारै एक आर्को प्रति जानि दुश्मन भए अनि त्यही मित्रहरू आपसमा काटाकाट गर्नथाले त्यो लडाई अहिलेपनि रोकिएकोछैन यद्मापी पाकिस्तानका दुइटा टुक्रा भइसकेकाछन स्वायम हिंदुस्तानको पहलमा।
सबैभन्दा नजिकका शक्तिहरू अहिले सबैभन्दा टाडाका बनेकाछन।अहिलेपनि पाकिस्तानमा हिंदुस्तानीहरूको रिस्तानाता पनिछन हिंदुस्तानमा पनि पाकिस्तानका नातेदारहरूछन।तरपनि देशको समग्रह धरातल अहिले पनि दुश्मनिकोछ।
माथी मैले एउटा देशको परिवार टुक्रिए पछिको अबस्थालाई उल्लेख गरें यो सबैमा लागुहुन्छ ब्याक्ती परिवार संगठन र पार्टीहरू बिचमा पनि एस्तै अबस्था देखिन्छ।हाम्रो बिचको शम्बन्धमा थोरै गलत बिचार पलायो भने त्यो एउटै शन्तानपनि दुश्मनमा परिब्रतित हुन्छ।राम्रो घर हांस्दा हांस्दै आंसुमा परिणित हुन्छ।
यो हामि बाट टाडियो भनेपछि त्यसलाई दुश्मन शम्झिएर तल्लो दर्जाको ब्यबहार गर्नथाल्दा त्यो दुश्मननै हुंन्छ।दुश्मनिमा र राजनीतिमा सबैकुरा जायजछ भनेर गरिने ब्यबहारले यो अबस्थाको सिर्जना गरेकोहो।
कसैको चिहानमा गर्ने राजनीति भनेको सबैभन्दा निन्दनियहो सबैभन्दा तल्लो स्तरकोहो भनेर बुझ्नुपर्छ।हामिहरूमा फरक बिचार हुन्छन हाम्रो यात्रा पनि फरकहोला त्यो ठुलो कुराहोइन तर हामि एउटै बर्गकाहौं त्यो भन्दापनि हामि एउटै देशकाहौं हाम्रो ब्यबहारले देशलाई बलियो र कम्जोर दुबै बनाउँन सक्छ।
हाम्रो लाप्रवाहीले कुनै निर्दोशलाई कसैको दुश्मन बनाउँन सक्छ।त्यसकारणले हामि सबैले धेरै सोंचेर मात्र बोल्नुपर्छ।हाम्रो बोलि र ब्यबहारलेनै हाम्रो ब्याक्तित्वको प्रदर्शन गर्छ।एक पल्ट नालबाट निस्किने गुलिले कसैको ज्यान लिन सक्छ उस्तै एक पल्ट निक्लेको आफ्नो बोलिले कसैको मुटुमा आघात पुग्न सक्छ भन्नेकुरालाई आत्मासात गरेर जान सक्नुपर्छ।हामि बाट अञ्जानमा कहिले कसो गलति पनिहुनसक्छन एउटा आञ्जानमा भएको गलतिलाई जानेर उछाल्ने गलतिले कस्को फाइदाहोला?असलमा हामिले आफुलाई एउटा गरिब बर्गको क्रान्तिकारी पार्टी निर्माण गर्ने कुरागर्दा आफुले धेरै पढेलेखेको जानकार भएजस्तो अभ्यासपनि गर्छौँ।यदि हामि त्यती जान्ने बुझ्ने डाक्कर इञ्जिनिएर हुँनथ्यो भने कम्युनिष्ट हुँदैनथ्यो बरू कुसल पुँजिबादी ब्यबस्थाको ठेकेदार हुँनेथ्योहोला।बर्तमान पुँजिवादी ब्यबस्थाको बिद्रोही हुँदैनथ्यो।अहिले त हामि यो पुँजिबादको ब्यबस्थालाई ढालेर आमूल परिवर्तन गर्न खोजेकाछम हामि बाट थुप्रै गलती कमी र कम्जोरी हुँन्छन।मानिस आफैपनि गलतिको पुत्लाहो नजानेर पनि गलती त हुँन्छ स्वाभाबिककुरा पनिहो।
अहिले एकजना कलाकार साथि विस्णु पौगड्यलको मृत्यु भयो उँहा धेरै विमार हुँनु हुन्थ्यो साथिहरू अस्पत्ताल गएर भेट भएर फर्किएका पनि हुँन।उँहाको मृत्यु भयो त्यो मृत्युबाट हुनगएको क्षति कहिलेपनि पुर्ती हुँन सक्दैन।अल्पाआयुमै भएको निधनले सिंगो पार्टी संगठन सोकमयछ।उन्लाई चिनेका थुप्रै मान्छेहरू मार्मिकछन
यस्तो वेलामा एकजना भाइले एउटा नकारत्मक स्टाइस लेखेर आर्कोलाई आरोप लगाए त्यो बिषयलाई लिएर थुप्रै टिका टिप्णिहरू भएकाछन।उन्ले समाजलाई वार्गेनिङ्ग गरेर स्रोत पेस गर्छु समेत भनेकाछन ठिकहो उन्ले त्यो उनिसंग भ एको स्रोतनै पेस गरे त हुन्थ्यो नि किन नगरेको?हामिले पनि भन्छौ यस्तो संगिन आरोप लगाउँनु भन्दा प्रमाणित गरे त भैहाल्छ।
आर्का एकजना नेताले त्यसैमा टिप्णि गरेर गलतिलाई ढाकछोप गर्ने दाशहरू भन्न समेत भ्याएकाछन।
साथिहरू हामि बिगतमा एउटै थालमा खाएका एउटै परिवारका सन्तान थियौं अहिले पनि हाम्रो बर्ग एउटैहो भबिश्यमा पनि हाम्रो हामी एकजुट नभएर हाम्रो लक्ष पुरा हुँंन सक्ने छैन।यो सबै बास्तबिकता हाम्रो अगाडी हुँदाहुँदैपनि किन एकले आर्कालाई एसरी बद्नाम गर्न खोजेकोहोला?त्यो पनि कसैको लाश माथिको राजनीति गर्ने ब्यबहारलाई हामि कसैलेपनि ठिक भन्न सकिदैन।
भोलीका दिनमा हामि पनि मर्नेहो यो चराचर जगतमा आएका जिव जन्तुहरू अबस्यपनि मरेर जानेहो कुनै छिटो कुनै ढिलो काल सबैलाई आउँछ।
एउटा संगठनमा भएका एउटा पार्टीमा भएका थुप्रै ब्याक्तिहरूको समूहमा फरक फरक बिचारहरू हुन्छन तर पनि हामिले सहमत वा बहुमतिय पर्णालि बाट एउटा बिचारलाई समाउँनुपर्छ कसैले बिद्रो गरिन भनेर त्यो दाश हुँदैन बरू पार्टी संगठनको अनुसाशनमा रहेको हुन्छ।अहिले सम्य हामिले अनुसाशनलाई फ्लोगर्दै आएकाछौं र हामिलाई कुनै बिचारमा संकाछ भने आफ्नो ठाउँया बोलेका हुन्छौं।सबै अराजक भएर पाखुरा बटार्न थालेपछि न त घर चल्छ न समाज चल्छ।साथिहरूले बेग्लै संगठन बनाउँनु भएकोछ त्यो ठाउँमा पनि अनुसाशनको खांचोपर्ला बहुमत र अल्पमत भोलिका दिनहरूमा त्यँहापनि हुँनन् त्यो अबस्थामा साथिहरूले केगर्नुहोला?त्यो अहिले भबिस्यको गर्भमाछ।
राजनीति गर्नुस राम्रो पार्टी बनाउँनुस क्रान्तिकारी आन्दोलन गर्नुस धन्यवादछ स्वागतछ साथि हरूको पार्टी राम्रो भए हामिलाई पनि खुसिनै लाग्छ।तर प्लिज यस्तो घटिया झुठको सहारा लिएर कहिलेपनि राजनीति गर्ने कुचेस्टा नगरौं त्यसले हजूरहरूको ब्याक्तित्वमाथी प्रश्नचिन्ह लाग्छ।
मैले ब्याक्तिगतरूपमा कुनैसाथी हामिबाट टाडा नगए हुनेथ्यो भन्छु।हाम्रो एउटैबर्ग भएकोले हाम्रा समस्यपनि एकैनासेछन र हाम्रो गनतब्यपनि एउटैहो।स-साना बिषयले हामिलाई झन-झन टाडा पुराउँदै लगेकोछ यो हाम्रो लागि र हाम्रो देशकैलागी कत्तिपनि ठिकहोइन।सबै बिषयलाई नकारत्मक बिषय बस्तु नबनाउँ सकारत्मक सोंचको बिकास गरौं।कहिले कांही हामिबाट भएको कम्जोरीले हाम्रै पनि नोक्सान हुंन सक्छ पछुताउँन पर्छ।त्यस्तो नौवत आउँन नदिउँ।

चर्चामा

सम्बन्धित समाचार