शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • सर्वसम्मतिको प्रयास असफल : प्रेस चौतारीको बन्द सत्र सुरु हुन सकेन

सर्वसम्मतिको प्रयास असफल : प्रेस चौतारीको बन्द सत्र सुरु हुन सकेन

  • शनिबार, फाल्गुन २८, २०७८
सर्वसम्मतिको प्रयास असफल : प्रेस चौतारीको बन्द सत्र सुरु हुन सकेन

नेकपा एमाले निकट प्रेस चौतारी नेपालको बन्द सरु हुन सकिरहेको छैन । शनिबार बिहान ८ बजेदेखि बन्द सत्र सुरु हुबे जानकारी प्रतिनिधिहरूलाई दिएपनि हलभित्र माथिल्लो तहका नेताको उपस्थिति भएको छैन । १ बजेसम्म बन्द सत्र सुरु नहुदा आज सकिने भनेको महाधिवेशन लम्बिने देखिको छ ।

अध्यक्षमा पदमा वर्तमान अध्यक्ष गणेश बस्नेत, माधव नेपाल, गणेश पाण्डे, टीका बिष्टले दाबी गरिरहेका छन । अन्य पदाधिकारीमा पनि धेरैको दाबी रहेकाले नेतृत्वलाई मिलाउन सकस देखिएको हो । १५१ सदस्यीय कमिटी बनाउने भनिए पनि अघिल्लो कमिटी ३५१ सदस्यीय बनाएपछि मिलाउन नेतृत्व प्रयास विफल भएको एक नेताले बताए ।

एमालेका नेताहरु सर्वसम्मत गर्ने प्रयासमा लागेपनि त्यो सफल हुन सकिरहेको छैन । एमालेका नेता बिष्णु रिजाल, प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल, निर्मला शर्मालगायतका नेताहरुले सर्वसम्मतको प्रसाय गरिरहेका छन् ।
शुक्रबार एमाले केपी शर्मा ओलीले उद्घाटन गर्दै अध्यक्ष पुनः गणेश बस्नेत हुने संकेत दिएका थिए ।साभार राताेपाटी ।

चर्चामा

सम्बन्धित समाचार